back
CTIZAN AD

वोधिसत्व विहारद्वारा अपाङ्ग आश्रमलाई सहयोग

वि.सं.२०७७ भदौ ७ आइतवार

702 

shares

काठमाडाैं – वोधिसत्व विहारले तारकेश्वर नगरपालिका–४ पुरानो गुह्येश्वरीस्थित रहेको अपाङ्ग आश्रमलाई सहयोग गरेको छ । गन्तव्य नेपालको सहकार्यमा विहारले २५ अपाङ्ग बालबालिकालाई आश्रय दिएको इप्सा नेपाललाई नगदसहित खाद्य सामग्री सहयोग गरेको हो ।

बोधिसत्व विहार मानव सेवामा समर्पित बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय संस्था हो । सो विहारले अपाङ्ग आश्रममा नगद रु ५० हजार, २५० किलोग्राम चामल, ३० किलोग्राम दाल, ३० किलोग्राम गेडागुडी, १० किलोग्राम चिनी, दुई किलोग्राम मसलालगायतका सामग्री सहयोग गरेको छ ।

कार्यक्रममा विहारका सुप्रिम मास्टर हेगुवाङ शीले लकडाउन पूर्ण रूपमा अन्त्य नहुन्जेल संस्थामा आश्रय लिइरहेका सबैको खानपिनको सम्पूर्ण जिम्मा आफूले लिनेसमेत बताए। गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी अबिरलले अपाङ्ग आश्रममा शौचालय र वाथरुमको असुविधा रहेकाले त्यसको निर्माणका लागि आफूले तत्काल सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

विहारले बन्दाबन्दीको समयमा हालसम्म नेपालका विभिन्न भागमा पुगेर चार लाखभन्दा बढी व्यक्तिलाई खाना खुवाइसकेको विहार लकडाउन फुड च्यारिटीका संयोजक शान्त शर्माले बताए । यससँगै विहारले विपन्न वर्गका सुत्केरी, बालबालिका र वृद्धवृद्धालाई विशेष पौष्टिक आहार उपलब्ध गराउँदै आएको छ ।

गन्तव्य नेपालका प्रबन्ध निर्देशक सुमित्रा अधिकारीले विभिन्न सङ्घ संस्थाको सहयोगमा गन्तव्य नेपालले पत्रकारलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), प्रेस ज्याकेटलगायतका सामाग्री वितरण गरेको थियाे ।

वि.सं.२०७७ भदौ ७ आइतवार १२:१६ मा प्रकाशित

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...