back
CTIZAN AD

एनएमबी बैंकले कञ्चन विकास बैंक लाई प्राप्ति गरे पछिको पहिलो एकिकृत कारोबार सूरु

वि.सं.२०७७ भदौ ७ आइतवार

984 

shares

७ भदौ, काठमाडौं । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरि आईतबार बाट एकीकृत वित्तीय कारोवारको शुभारम्भ गरेको छ । प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी रु.१४.४५ अर्र्व पुगेको छ भने जगेडा कोषको आकार बृद्धि भई रु.७.३५ अर्व भएको छ । प्राप्ति पश्चात बैंकको नाम “एनएमबि बैंक लि.” नै रहने छ भने रजिष्ट्रर्ड÷मुख्य कार्यालय साविक कै बबरमहल काठमाडौंमा रहेको छ ।

एकीकृत वित्तीय कारोवारको थालनीसँगै, एनएमबि बैंककोे सबै प्रादेशिक संरचनामा सन्तुलित सञ्जालको विस्तार भई बैंकको ब्रान्ड समेत बलियो रुपमा स्थापति हुने तथा सहरोन्मुख र ग्रामीण क्षेत्रका जनतामा वित्तीय पहुँच पु¥याउने बैंकको दिगोको लक्ष्य प्राप्त गर्न सरोकारवालाहरुसंगको सहकार्यलाई अघि बढाउन मद्धत गर्नेछ भन्ने बिश्वास बैंकले लिएको छ ।

यस एनएमबि बैंकमा नेदरलैन्ड फ़ाइनान्सरिंग्स(मात्स्चैपीज वूर ओन्टविक्कलिंग्स लैंडेन एन वी (एफ.एम.ओ.) कर्मचारी संचय कोष लगायतका संस्थाहरुको समेत लगानी रहेको छ । एफ.एम.ओ. नेदरलैण्डस् अन्तर्राष्ट्रिय रुपमा राम्रो छवी भएको स्ट्यण्डर्ड पुवर्स तथा फिट्ज जस्ता संस्थाहरुले एएए रेटिङ्ग गरेको निदरलैण्ड सरकार समेतको लगानी रहेको अन्तर्राष्ट्रिय बिकास बैंक हो । एफ.एम.ओ.सँगको गठबन्धनले बैंकलाई वातावरणीय र सामाजिक जोखिमहरू प्रबन्ध गर्न र नवीकरणीय उर्जा, साना तथा मझौला कर्जाहरु र कृषि व्यवसायमा प्रमुख सम्बाहकको रूपमा प्रस्तुत गर्न सघाउ पु¥याएको छ । यो बैंक बैंक अफ द ईयर – २०१७ र बैंक अफ द इयर – २०१८ द्वारा लगातार पुरस्कृत गरिएको बैंक भएको पनि बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा जनाईएको छ ।

कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्नेछ ।

वि.सं.२०७७ भदौ ७ आइतवार १२:१८ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...