के एकता यस्तै नाटक मन्चनका लागि र पदकै हानथापका लागि हो त ? के पार्टी भित्रको निकाशका लागि आम सहमति र सहकार्यबाट महाधिबेशनबाट गर्ने सकिँदैन र ? अनि त्यसो नगरेर चलिरहेको सरकारलाई आफ्नो चाहना, आशामा बन्धक बनाउन मिल्छ ? यी यस्ता थुप्रै प्रशनको जवाफ बर्तमानका नेकपाका आदरणीय नेताहरुले दिनै पर्दैन र ?
जब जब देशमा समस्या आईपर्दछ, त्यसबेला प्रवासमा पुगेका लाखौं लाख प्रवासीहरु सहयोगी हात बढाउन सँधै तत्पर हुन्छन् । चाहे त्यो मानवीय सहयोग होस, चाहे राजनितीक परिवर्तनका आन्दोलन हुन चाहे पन्चायतका कालरात्रिहरुमा नेताहरुलाई संरक्षण गरेर आन्दोलनमा सहयोग गर्ने सबाल होसे, चाहे देशका हरेक निर्वाचनहरुमा सरसहयोग सहित प्रत्यक्ष सहभागिता बनेर उनीहरुलाई सहयोग गर्ने बिषय होस सबै समय प्रवासीहरुको ठूलो सहयोग समर्थन उपस्थिति रहेको इतिहास साक्षि छ ।
आज पनि आम प्रवासीहरु आफ्ना व्यक्तिगत समस्या भन्दा पनि माथि उठेर देशप्रति चिन्तित छन् । जनता देशको आर्थिक सामाजिक स्थायित्वसहित परिवर्तनको पक्षमा छन् भन्ने विश्वास यो बहुमतको सरकारले गर्दछ भन्नेमा उनिहरुको ठूलो अपेक्षा थियो नै । र लाखौं लाख प्रवासीहरु देशले अब बिस्तारै बिकासको बाटोमा बढला र आफूले सिकेको सीप र आफूसँग भएको सानो पुँजिलाई देश बिकासको आफ्नै माटोमा फर्केर केही गर्ने अबिलाशा बोकेर फर्किएका छन् ।
विश्रवमानै आकर्षण पहिचान बोकेको सगरमाथाको देश शान्तिको प्रतीक गौतमबुद्ध जन्मेको देश अग्रजहरुलाई धुलो चटाउन सफल भएको बिर बलभद्र जस्ता जन्मेको देश थुप्रै प्राकृतिक सम्पदाहरुले भरिएको देश तर आज बिदेशीहरुको नजरमा सस्तोमा श्रमिक जन्माउने देश, कान्छा कान्छी बहादुर गोर्खा नाउँले सम्बोधन हुने गर्दछ । विश्वका पुँजिपतिहरुमा हामी नेपालीहरुको सोझोपन साहासी ईमान्दारीता लगनशिलका साथ विश्वमै सस्तो श्रम मुल्यमा बिक्न सफल भएका छौं । विश्व बजारमा हामीमा सीप र ज्ञानको दक्षता नरहेको भएपनि हामीलाई त्यस आधारमा बिक्री भै रहेका छौ । विश्व बजारमा अत्याधिकको संख्यामा हामी नेपालीहरु अति गाह्रो, अति खतरा, अतिनै फोहोर काम गर्ने बाध्य र बिबश छौं । जसलाई विश्वको श्रमबजारमा थ्रिडी भनेर सम्बोधन गर्दछन् । यसबाहेक एकाध नेपालीहरुले राम्रो काम र केही व्यापार व्यवसायमा रहेको भएपनि, आज विश्रभरका जनता सचेत चेतनशिल बन्दै गएको भएपनि उनीहरु त्यहाँका स्थानिय जनता र सरकारी कर्मचारीहरुबाट हेपिन अपमानित रहन परेको सबैको सामु छर्लङ्ग छ ।
हामीहरु साँझबिहान दुई छाक टार्न उनीहरुका ती अपमान पिएर पनि मीठो मुस्कानसहित हाँस्न बाध्य छौं । अपमान सहेरै भएपनि मीठो वचन फर्काउन बाध्य छौ । यसका ज्वालन्त उदाहरण आज यस कोभिड १९ ले संसारभर ल्याएको सङ्कटमा आम प्रवासी नेपालीहरुले भोग्नु परेको पीडा हो । जसमा संक्रमण हुँदा पनि हामी प्रवासी भएका कारण हस्पिटलहरुबाट बन्चित हुन परेको छ । जागिर छुटेर भोकमरीमा पर्नु परेको छ । स्वदेश फर्कन नपाएर अलपत्र सहित अकालमा मृत्यु हुन परेका थुप्रै घटना आज ताजै छन । त्यतिमात्र हैन गरिब देशको नागरीक भनेर कहि कतैबाट सहयोग नपाएका घटनाहरु त्यतिकै छन् । यस विषम परिस्थितिमा विश्वले हामीलाई हेर्ने दृस्टिकोण के हाम्रो देशका नेताहरुलाई अवगत छैन र ? यस विषम परिस्थितिमा सिङ्गो देशमा एकता बनेर देश प्रवासका आफ्ना नागरिकलाई के कति सहयोग गर्ने सकिन्छ भनेर सोच्ने बेला हैन र ? खै देशका नेता सरकारहरु यसमा एकता बनेर अगाडि बढेको ? के जनताले बहुमत सत्ता लुछाचुडी कै लागि दिएका हुन् ? के बेमौसमको राजिनामाको माग कै लागि बहुमतको खेलकै लागि हो ? अनि आफ्नो पार्टी भित्रको खेलले देश, जनता, पार्टी र सरकारलाई बन्धक बनाउन मिल्छ त ? के एकता यस्तै नाटक मन्चनका लागि र पदकै हानथापका लागि हो त ? के पार्टी भित्रको निकाशका लागि आम सहमति र सहकार्यबाट महाधिबेशनबाट गर्ने सकिँदैन र ? अनि त्यसो नगरेर चलिरहेको सरकारलाई आफ्नो चाहना, आशामा बन्धक बनाउन मिल्छ ? यी यस्ता थुप्रै प्रशनको जवाफ बर्तमानका नेकपाका आदरणीय नेताहरुले दिनै पर्दैन र ? आफूले जे गरेपनि ठिक अरु सबै बेठिक भन्ने मान्यतालाई कहिलेसम्म स्थापित गर्ने खोज्दै हुनुहुन्छ ? आम प्रवासी र देशबासी नागरीकहरुलाई कहिलेसम्म अबुझ बनाईराख्न सक्नुहुन्छ र ? यसकारण यस समय सबै राजनितीक सबै पार्टीका नेताहरु एकता बनेर देश प्रवासका जन्तालाई सहयोग र उद्धारमा सहभागि रहनुहोस् ।
देश आर्थिक बेरोजगार र माहामारीकै सङ्कटमा फस्दैछ । यसलाई पार लगाउन आम जनताको साथ अगाडि आउनुहोस । तर तपाईंहरु यसरी एक अर्काेप्रति आरोप प्रत्यारोप लगाएर नत पार्टीको एकताले पुर्णता पाउछ नत देशले नै सङ्कटबाट मुक्ति पाउँछ । हाम्रो अनुरोध यसर्थ बर्तमानमा पार्टीको सङ्कटलाई पार लगाउन नेकपा उपाध्यक्ष बामदेब गौतमले ल्याउनु भएका बिषयहरु अहिलेको निकाश बन्न सक्दछ । नेकपाद्ववारा गठित महासचिबको सयोजकत्व कार्यदलले यथार्थ आधारित रहेर बिगत बर्तमान र भविष्य प्रति आम जन्ता पार्टीपंक्ति तथा देशप्रति जिम्मेदार बनेर पार्टी र सरकारलाई त्यस दिशा तर्फे अगाडि बडाउन थप प्रेरणा मिलोस गुठ उपगुठमा हैन, विधि पद्धति त्यसमा टेकेर सबैले आ–आफ्नो जिम्मेबारी पुरा गर्ने गराउन केन्द्रीकृत रहोस । तल देखि माथि सम्मकै भ्रष्टाचार व्यथिती प्रतिको अन्त्यको लागि सुझाबहरु प्रस्तुत गर्ने गराउन सकोस । र बर्तमानका समस्याबाट देश र जन्तालाई पारलगाउन ठोस कार्यदिशा निर्दशित गरोस ! र सिङ्गो पार्टीलाई आफ्नो महाधिबेशन तर्फ अगाडि बढाउन बढनमा मद्दत पुगोस् ।
यस बिचमा जे जस्ता खेलहरु भए गरिए ती बिषयहरु प्रति आमजनता र पार्टी नेताहरुबाट समीक्षा गर्दे आगामी दिनमा सामूहिक र एकताका साथ पार्टी र देशलाई अगाडि बढाउन आम राजनितीक पार्टी र बिज्ञहरुलाई साथमा लिएर अगाडि बढदा मात्र देश जन्ता र आम प्रवासीहरु शान्ति र मुक्ति उद्धार राहात सहयोयको अपेक्षा गर्ने सक्नेछन । यश दिशमा सबैको ध्यान पुगोस भन्ने नै हामी सबैको आशा अपेक्षा अन्यथा जनताले राम राम भन्नुबाहेक केही बिकल्प रहने छैन नै ।
वि.सं.२०७७ भदौ ७ आइतवार १३:१४ मा प्रकाशित






























