back
CTIZAN AD

कतै तपाईलाई पनि डिप्रेसन त भएको छैन ? हेर्नुहोस् यी हुन् डिप्रेशनका लक्षण

वि.सं.२०७७ भदौ ७ आइतवार

1.1K 

shares

यतिबेला विश्वव्यापी कोरोनाको महामारीका कारण देश तथा विदेशमा रहेका धेरै नेपालीको रोजगारी खोसिएको छ । कतिपय रोजगारीमै रहेपनि सदा भन्दा कम तलब हुनु र घरको गर्जो टार्न नसक्ने अवस्थामा आउने निराशा तथा विभिन्न प्रकारका नकारात्मक सोचले मानिस थाहै नपाई विस्तारै डिप्रेशनको सिकार भएको हुनसक्छ ।

बोल्दा, खाँदा, काम गर्दा लगायतका विभिन्न गतिबिधिमा उसले राम्रो व्यवहार देखाएपनि भित्र भित्रै उ डिप्रेशनमा जोनमा पुगिसकेको हुनसक्ने स्वास्थ्य विज्ञहरु बताउँछन् ।

के हुन्छ डिप्रेशन जोनमा ?
डिप्रेशन जोनमा रहेको मानिसमा हरेक समय नकारात्मक सोच आउछ । उसका लागि भविष्यमा कुनै पनि कुरा सकारात्मक देखिदैन । कुनै पनि कुरामा उ सकारात्मक हुँदैन । जब उसको दिमागमा नकारात्मक कुराले घर बनाइरहेको हुन्छ, त्यतिबेला उसलाई हरेक कुरा नकारात्मक लाग्दछ । हरेक व्यक्तिमा खोट खोजिरहेको हुन्छ । हरेक काम नकारात्मक लाग्दछ । त्यस्ता व्यक्तिको दिमाग समस्या समाधानमा जान चाहदैँन ।

स्वास्थ्य विज्ञका अनुसार डिप्रेशन जोनमा रहेको व्यक्तिमा नकारात्मता आउनुका साथै व्यक्ति अत्यन्तै निराशावादी तिर गइरहेको हुन्छ । दिमागमा भएको नकारात्मक असरले व्यक्तिलाई आफ्नो नजिक भएका मानिसहरुले आफ्नो कुरा नसुनेको÷ नबुझेको र ध्यान नदिएको भन्ने लाग्दछ । उसलाई लाग्छ कसैले पनि उसको बारेमा राम्रो सोच्दैन यात फेरि उसका कमजोरीमा हाँसो मजाक गरेको भन्ने सम्झन्छ ।

यस्ता हुन्छन् डिप्रेशनका लक्षणहरु
जव व्यक्ति डिप्रेशनमा हुन्छ त्यतिबेला उसमा काम गर्न मन नलाग्ने, कुनै कारण विना लामो समय रोइरहने, कुरा गर्दा निराशावादी मात्र कुरा गर्ने, व्यक्तिगत जीवन र पेशामा खुसी हुन नसक्ने, जतिबेला पनि निरास र उदास रहने, रमाइलोमा मन नलाग्ने, खुसी हुन नसक्ने, जिन्दगीमा केही गर्न सक्तिन भन्ने सोच राख्ने लगायतका गतिबिधिहरु गर्छन् ।

डिप्रेशनमा रहेका व्यक्तिहरु कस्तो म्यासेज लेख्छन् ?
पुरानो कुरा बढी याद गर्ने, दुःखको कुरा सेयर गर्ने, नकारात्मक कमेन्ट गर्ने, सधै नकारात्मक कुराहरु सेयर गर्ने, मलाई यस्तो भयो उस्तो भयो भनेर हरेक समय निराशावादी कुरा गर्ने, निराशा जनाउने तस्बिरहरु सेयर गर्ने लगायतका कुराहरु सामाजिक संजालमा पोस्ट गर्छन् ।

आफूलाई डिप्रेशन भएको कुरा सेयर गर्न हिचकिचाउने
कतिपय अवस्थामा डिप्रेशनमा रहेका मानिसहरु आफूमा भएको समस्या बाहिर देखाउन हिचकिचाउछन् । उनीहरुमा यहि सोच आउछ कि मानिसहरु के भन्छन ? मेरो बारेमा नकारात्मक सोच्छन् । मलाई नराम्रो व्यवहार गर्छन् । मलाई गलत तरिकाले प्रयोग गर्छन् । मेरो भविष्य वर्वाद गरिदिन्छन् लगायतका कुराहरु सोचेर आफूमा गुज्रिरहेको समस्याबारे बोल्न चाहदैनन् ।

स्वास्थ्य विज्ञका अनुसार डिप्रेशनमा रहेका मानिसहरु अत्यन्तै कम कुरा गर्ने, अलग बस्ने र उदास रहने गर्दछन् । यस्तो समस्याबा गुज्रिरहेका व्यक्तिहरुमा आफूले भविष्यमा केही पनि गर्न नसक्ने नकारात्मक सोच बढी सोच्छन् । ऐजेन्सीको सहयोगमा

वि.सं.२०७७ भदौ ७ आइतवार १३:३८ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...