back
CTIZAN AD

डोनाल्ड ट्रम्प परे फसादमा, तिर्नुपर्यो पोर्नस्टार डेनियल्सलाई यति रकम

वि.सं.२०७७ भदौ ७ आइतवार

906 

shares

काठमाडौं । राष्ट्रपतीय चुनावको मुखैमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फसादमा परेका छन् । ट्रम्प पुरानो मुद्दामा पुनः तानिएर फेरी समस्यामा परेका हुन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार अदालतले पोर्न स्टार स्टार्मी डेनियल्सलाई ५१ लाख रुपैयाँ तिर्न ट्रम्पलाई आदेश गरेको छ ।

के थियो मुद्दा ?

४० वर्षीया पोर्न स्टार डेनियल्सले आफुँ र ट्रम्पका बीच सम्बन्ध रहेको र ट्रम्पले सम्बन्ध लुकाउन पैसा दिएको भन्दै अदालतमा मुद्दा हालेकी थिइन् । उक्त आरोपलाई ट्रम्पले भने पुरै अस्वीकार गरेका थिए । अदालतले पनि उक्त मुद्दालाई खारेज गरेको थियो । तर, अदालतले अहिले आएर डेनियल्सको अदालती खर्च ट्रम्पले व्यहोर्नुपर्ने आदेश गरेको छ ।

क्यालिफोर्नियाको एक अदालतले ट्रम्पलाई पैसा तिर्नुपर्ने आदेश गरेको हो । मुद्दा खारेज भएसँगै डेनियल्सको वकिलले अदालतमा अदालती खर्चबारे न्याय मागेका थिए ।

यसअघि ट्रम्पलाई मुद्दा हालेपश्चात डेनियल्सले एक किताब लेखिकी थिइन् । जसमा उनले ट्रम्पसँग आफ्नो अफयर सम्बन्ध भएको कुरा खुलासा गरेकी थिइन् । जुन किताब निकै चर्चामा पनि आएको थियो ।

डेनियल्सले बताएअनुसार उक्त सम्बन्धलाई लुकाउन ट्रम्पले पैसा दिएका थिए । ट्रम्पले सम्बन्ध लुकाउन एक सम्झौता पनि गराएका थिए ।
ट्रम्पले सम्बन्धलाई लुकाउनको निमित्त लाखौं डलर पैसा दिएको डेनियल्सको भनाई छ । डेनियल्सले बताएअनुसार सन् २००६ मा उनीहरुका बीच गहिरो सम्बन्ध थियो । एजेन्सीबाट

वि.सं.२०७७ भदौ ७ आइतवार १३:४५ मा प्रकाशित

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...