back
CTIZAN AD

समुदाय स्तरमै कोरोना परीक्षणलाई व्यापक बनाउन देउवाको माग

वि.सं.२०७७ भदौ ७ आइतवार

591 

shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समुदाय स्तरमै कोरोना परीक्षण व्यापक बनाउन माग गरेका छन् । आइतबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै उनले संक्रमण नियन्त्रणका लागि पनि परीक्षण व्यापक बनाउनुपर्ने बताएका हुन् ।

देउवाले ७७ जिल्लामै कोरोना परीक्षणलाई विस्तार गर्न माग गरेका छन् । सरकारसँग उनले पर्याप्त आइसोलेसन वार्ड र अत्यावश्यक भेन्टिलेटरको जोहो गर्न पनि माग गरेका छन् ।

‘पिसिआर परीक्षण ७७ जिल्लामै गर्नेगरी अविलम्ब क्षमता विस्तार गरेर समुदायस्तरमा परीक्षण व्यापक रुपले पुर्योउन माग गर्दछु’, देउवाले भनेका छन्, ‘कोभिड अस्पतालहरु निश्चित र व्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड व्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न माग गर्दछु। खरिद प्रक्रियालाई पारदर्शी बनाएर कार्य गर्न र मापदण्डयुक्त सामग्रीमात्रै खरिद गर्न सरकारलाई आग्रह गर्दछु।’

देउवाले ‘फ्रन्ट लाइन’मा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने काम नगर्न विशेष माग गरेका छन् । उनले स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित बनाउने घटनाहरु पनि भएको भन्दै तत्काल ध्यान लैजान आग्रह गरेका छन् ।

‘प्रतिकुल वातावरण र सामग्री अभावका बीच स्वास्थ्यकर्मीहरुले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलले कार्य गरिरहनु भएको छ, म हृदयदेखि नै उहाँहरुको प्रशंसा गर्दै अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरणमा खलल हुन नदिन विशेष ध्यान पुर्याञउन सरकारलाई आग्रह गर्दछु’ देउवाले भनेका छन्‘ कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेको छ। स्वास्थ्यकर्मीहरु र स्थानीय नागरिकबीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि म तीनवटै तहका सरकारहरुलाई सजग गराउन चाहन्छु।’

यस्तो छ देउवाको अपील

प्रतिकुल वातावरण र सामग्री अभावका बीच स्वास्थ्यकर्मीहरुले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलले कार्य गरिरहनु भएको छ। म हृदयदेखि नै उहाँहरुको प्रशंसा गर्दै अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरणमा खलल हुन नदिन विशेष ध्यान पुर्‍याउन सरकारलाई आग्रह गर्दछु।

कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेको छ। स्वास्थ्यकर्मीहरु र स्थानीय नागरिकबीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि म तीनवटै तहका सरकारहरुलाई सजग गराउन चाहन्छु। आजको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिरहेको छ। आफू र आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा हो। यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसाथ गर्न म समस्त दिदिबहिनी दाजुभाइलाई आग्रह गर्दछु।

आफ्नो जीवन जोखिममा राखेर स्वास्थ्यकर्मीहरुसँगै अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी, सूचना सम्प्रेषणको भूमिका निरन्तर निभाइरहेका संचारकर्मी एवं हाम्रा गाउँ शहरदेखि अस्पतालसम्मको सफाइमा खटिएका सफाइकर्मीहरुलाई हृदयदेखि सम्मान गर्दै यो प्रतिकूलतामा निर्वाह गरेकोको भूमिकाको उच्च सह्राहना गर्दछु।

समयको सदुपयोग गरेर सबल ढंगले कार्य गर्न सरकारलाई अपील

लकडाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोनाविरुद्धको संघर्षलाई नयाँ ढंगले व्यवस्थित गर्न म सरकारलाई अपील गर्दछु। पिसिआर परीक्षण ७७ जिल्लामै गर्नेगरी अविलम्ब क्षमता विस्तार गरेर समुदायस्तरमा परीक्षण व्यापक रुपले पुर्‍याउन माग गर्दछु। कोभिड अस्पतालहरु निश्चित र व्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड व्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न माग गर्दछु। खरिद प्रक्रियालाई पारदर्शी बनाएर कार्य गर्न र मापदण्डयुक्त सामग्रीमात्रै खरिद गर्न सरकारलाई आग्रह गर्दछु।

क्वारेन्टाइनहरु व्यवस्थित नहुँदा कोरोनाको विस्तारमा योगदान पुगेको घटनाहरु स्मरण गर्दै मापदण्डयुक्त क्वारेन्टाइनहरुको व्यवस्थापनमा अविलम्ब ध्यान पुर्‍याउन सरकारको ध्यानाकर्षण गराउँदछु।

विदेशमा रहेका नेपालीहरुबारे

लाखौंको संख्यामा विदेशमा रहेका नेपाली दिदीबहिनी दाजुभाइलाई कोरोना संक्रमणबाट आफू र आफ्नो परिवारलाई सतर्कतापूर्वक जोगाउन अपील गर्दछु। नेपाली जनसम्पर्क समितिहरु तथा देश बाहिर रहेका सबै संघसंस्था र नेपाली दूतावासहरुलाई यो प्रतिकूलताका घडी डायस्पोराका नेपालीहरुको हितमा ऐक्यबद्ध ढंगले कार्य गर्न आग्रह गर्दछु।

विदेशमा अप्ठ्यारोमा परेर देश फर्कन चाहने नेपालीलाई उद्वार गर्न नेपाली कांग्रेसले शुरुआतदेखि नै सरकारलाई आग्रह र माग गर्दै आएको छ। नीति र व्यवहार दुवैमा अस्पष्ट रहेर सरकारले देखाएको ढिलासुस्ती र अन्यौलताले प्रवासी नेपालीको पीडामाथि पीडा थपिएको छ। विदेशमा रोजगार गुमाएर बेखर्ची समेत भएका युवाहरूलाई कल्याण कोषको रकम प्रयोग गरेर निःशुल्क उद्वार गर्न म सरकारसँग माग गर्दछु।

पार्टीका सबै तहका साथीहरू र स्थानीय तहको नेतृत्वलाई

कोरोनाको संक्रमणबाट जनताको जीवन रक्षामा समर्पित हुनु आज हामी सबै राजनैतिक दल एवं संघसंस्थाहरुको साझा कर्तव्य भएको छ। आपसी एकता र विश्वासका साथ आफ्नो कार्यक्षेत्रमा उच्चतम मानवीय भावना साथ थप क्रियाशील रहन म नेपाली कांग्रेसका साथीहरूसँगै सबै दल, संघसंस्थामा आवद्ध मित्रहरूलाई आग्रह गर्दछु।

प्रत्यक्ष जनतासँग सम्पर्कमा रहेर कार्य गरिरहेका देशभरिका स्थानीय तहका सबै थरी नेतृत्वको सह्राहना गर्दै कोरोनाविरुद्धको संघर्षका स्थानीय कमजोरीको पहिचान एवं सबैथरि एक भएर कार्य गर्ने इच्छाशक्तिका साथ निदान गर्दै अघि बढ्न हार्दिक अपील गर्दछु।

जय नेपाल !
शेरबहादुर देउवा
सभापति
नेपाली कांग्रेस

वि.सं.२०७७ भदौ ७ आइतवार १७:१५ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...