back

निषेधाज्ञाको बाबजुद नेप्सेमा दोहोरो अङ्कको वृद्धि

वि.सं.२०७७ भदौ ७ आइतवार

207 

shares
RBB AD
NTC AD

कोरोनाको सङ्क्रमण फैलिएपछि सरकारले काठमाडौँ उपत्यकालगायत क्षेत्रमा निषेधाज्ञा जारी हुँदा दैनिक जीवन कष्टकर भएपनि धितोपत्र बजारमा भने नकारात्मक असर परेको देखिएन । अधिकांश लगानीकर्ताले विद्युतीय माध्यमबाटै शेयर कारोबार गरेका कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै १३ अङ्कले बढेको नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२।७७ बिन्दुले बढेर एक हजार ४१०।३४ मा पुगेको छ । यस्तै कारोबार पनि आज रु एक अर्ब माथि भएको छ ।

कूल १८४ कम्पनीको २४ लाख ९८ हजार ६६२ कित्ता शेयर रु एक अर्ब १० करोड ८० लाख ५३ हजार ५९७ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार २।५६, जलविद्युत् १।३८ र सामूहिक लगानी कोष ०।०३ ले घटेको छ । यस्तै बैंकिङ ४।८, होटल २३।९४, विकास बैंक ७।९३, वित्त ६।०३, निर्जीवन बीमा २३३।२२, उत्पादन ८८।२३, अन्य ४।१४, लघुवित्त २३।६१ र जीवन बीमा १७३।८४ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा आज नेको इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १४ करोड ६४ लाख तीन हजार ८१९ बराबरको कारोबार भइ शीर्ष स्थानमा रह्यो । यस्तै, शिवम् सिमेन्ट रु सात करोड १९ लाख ८७ हजार ३८१, नेपाल पुनरबीमा कम्पनी रु ६ करोड ६८ लाख ११ हजार ३३०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ५ करोड ७४ लाख ५६ लाख ८५, प्रभु इन्स्योरेन्स कम्पनी रु चार करोड २४ लाख ९७ हजार ५५१ र नेपाल इन्स्योरेन्स कम्पनी रु तीन करोड ५३ लाख ३९ हजार १४ बराबरको कारोबार भइ शीर्ष स्थानमा रहेका छन् ।

स्टकका अनुसार समृद्धि फाइनान्स ९।७७, नेको इन्स्योरेन्स ७।२४, तारागाउँ रिजेन्सी होटल ६।५०, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरधनीले ६।३७ प्रतिशतले कमाए । पञ्चकन्या माइ हाइड्रो पावर ३।७०, यूनियन हाइड्रोपावर ३।२८, साधना लघुवित्त २।७२, साञ्जेन जलविद्युत कम्पनी २।१९ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले २।०४ प्रतिशतले गुमाए ।

वि.सं.२०७७ भदौ ७ आइतवार १७:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो

नेप्से परिसूचक नौ दशमलव ५४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ५४...

नेप्से र कारोबार दुवै घट्यो

नेप्से र कारोबार दुवै घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

काठमाडौं । आज साताको तेस्रो दिन सेयर बजारले २ हजार...

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

काठमाडौं । हिमालयन बैंकको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिजले गत...