back
CTIZAN AD

भदौभित्रै सकिने गरी कालीगण्डकी करिडोरको फलेबास-अर्मादी खण्डको ट्र्याक ओपन शुरु

वि.सं.२०७७ भदौ ८ सोमवार

636 

shares

८ भदौ, पर्वत । जिल्लाको ‘लाइफलाइन’ कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेबासदेखि अर्मादीसम्म अलपत्र रहेको ट्र्याक ओपन भदौ महिनाभित्रै सकिने भएको छ ।

दुई वर्षअघि नै ट्र्याक खुलिसक्नुपर्ने सडकको काम भदौसम्म सक्ने गरी शुरु भएको हो । सडक निर्माणको जिम्मा लिएको सूर्य कन्स्ट्रक्सन कम्पनीले भदौभित्रै सडकको ट्र्याक ओपन सक्ने गरी काम शुरु गरेको कालीगण्डकी करिडोर गाईघाट–मालढुङ्गा आयोजना कार्यालयले जानकारी दिएको छ ।
करिडोरको फलेबास नगरपालिकाको ढिकदेखि कुस्मा नगरपालिकाको अर्मादीसम्म १४ किमी सडकमध्ये झण्डै २०० मिटर मात्रै भीरमा ट्र्याक ओपनको काम बाँकी छ । अर्मादी-फलेबास खण्डमा मोदीवेणीघाट नजिक १५० मिटर र मोदीखोलाको पुलपारि फलेवासतर्फ झण्डै ५० मिटर मात्रै ट्र्याक खोल्न बाँकी छ । “भदौ महिनाभित्रै ट्र्याक खोलिसक्ने गरी मोदीवारि र पारिबाट काम शुरु गरेका छौँ”, निर्माण कम्पनीका प्रतिनिधि दीपक रैसवालले भने ।

विसं २०७५ जेठ २१ मा सम्पन्न गर्ने गरी विसं २०७३ असार २२ मा सम्झौता भएको उक्त खण्ड लामो समयसम्म अलपत्र बनेको थियो । पछिल्लो समय कोभिड-१९ का कारण आगामी पुससम्म म्याद थप गरिएको छ । रैसवालका अनुसार अहिले ट्र्याक खोल्ने कुरालाई पहिलो प्राथमिकता दिइएको छ । त्यसपछि अन्य काम हुनेछ ।

करिडोरको पर्वतदेखि स्याङ्जाको मिर्मी खण्डमा लामो समयदेखि काम अलपत्र थियो । करिडोर कार्यालयका साइट इन्चार्ज इन्जिनीयर अर्जुन नेपालीका अनुसार पर्वतको अर्मादीदेखि स्याङ्जाको सेतीवेणीसम्मको ५३ किमीमध्ये मिर्मीदेखि सेतीवेणीसम्मको सात किलोमिटरमा सडक कालोपत्रेको टेण्डर भइसकेको छ भने सेतीवेणीदेखि रानीपानीसम्मको सात किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ । रानीपानीदेखि फलेबाससम्मको २२ किमीमा स्तरोन्नतिको काम सकिएको छ भने छिट्टै कालोपत्रेका लागि टेण्डर आह्वान हुने अवस्था छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल, प्रतिनिधिसभा सदस्य पदम गिरी र गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले आफ्ना ठाउँबाट यो सडक खण्डको स्तरोन्नति तथा बजेट विनियोजनका लागि पहल गर्दै आएका थिए ।

पछिल्लो समय पर्वतको फलेबास–अर्मादी खण्डको अलपत्र काम शुरु गर्न गण्डकी प्रदेशका मन्त्री लम्सालको विशेष पहलपछि काम थालिएको छ । पाल्पास्थित करिडोर कार्यालयका नरेन्द्र सुवेदी र अर्जुन नेपालीको सक्रियताले पनि कामलाई समयमा सम्पन्न गर्न सहयोग पुगेको स्थानीयवासीले बताएका छन ।
पाल्पास्थित करिडोर कार्यालयका प्रमुख सुवेदीका अनुसार सडकको ट्र्याक खुलेपछि पर्वतको मालढुङ्गादेखि स्याङ्जाको मिर्मीसम्म ५३ किलोमिटरमा सोझै यातायात चल्नका लागि मार्गप्रशस्त हुनेछ ।

चालु आर्थिक वर्षभित्र मोदी, लमाय, सेती र आँधीखोलाका निर्माणाधीन पुल सम्पन्न गरी अर्मादीदेखि मिर्मीसम्म सोझै यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको छ । “कोभिड-१९ को नकारात्मक प्रभाव परेन भने यो वर्षभित्र अर्मादीदेखि मिर्मीसम्म सोझै यातायात चलाउन सक्छौँ”, आयोजना प्रमुख सुवेदीले भने, “यो खण्डमा सडक स्तरोन्नतिको काम पनि सम्पन्न गर्ने योजनासहित अघि बढेका छौँ ।”

https://www.facebook.com/kishor.sapkota1/posts/3536807436352059

वि.सं.२०७७ भदौ ८ सोमवार ०९:२० मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...