मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । दिउँसोदेखि कामको चाप बढ्नेछ भने गोपनीयता बाहिरिनाले समस्या पर्ला । स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला ।
बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन् । दिउँसोदेखि विवादास्पद कामको जिम्मेवारी आउन सक्छ । अवसरवादीहरूबाट अलि सजग रहनुहोला। काम पूरा नभए पनि आंशिक लाभ हुनेछ । मिहिनेतले नयाँ अवसर दिलाउन सक्छ ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । लेखन कलामा पनि निखारता आउनेछ । प्रतिस्पर्धीहरू सहयोगीका रूपमा देखापर्नेछन् । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । शत्रुबाधा हट्नेछ । रोगसमेत निवारण हुने समय छ ।
कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला । समयमा निर्णय लिन नसक्दा काम रोकिन सक्छ । दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ । साथीभाइको सहयोग जुट्नेछ । सुखद समाचारले उत्साह जगाउनेछ । अध्ययनले नयाँ गति लिनेछ । लेखन कलामा पनि निखारता आउनेछ ।
सिंह-मा, मि, मु, मे, मो, टा, टि, टु, टे
चिताएको काममा बिहानै जुट्नुहोला, सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् र प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । दाजुभाइमा आत्मीयता बढ्नेछ । दिउँसोदेखि विश्वासिला व्यक्तिहरूले धोका दिने हुँदा काम रोकिन सक्छ । सानो कमजोरी सच्याउन काम दोहोर्याउनुपर्ला । धेरै नजिकिनेहरूले पनि दुःख दिनेछन् ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्ययनमा प्रगति हुनेछ । लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् र चिताएको काम सम्पादन हुनेछ । आलोचकहरू पनि व्यवहारले नजिकिन सक्छन् । आजको मिहिनेतले दिगो फाइदा दिलाउनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन् । व्यवसायतर्फ पनि पहिलेको उपलब्धिले थप काम गर्न प्रेरित गर्नेछ ।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतले व्यक्तित्व निखार्ने समय छ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बिछोडिएका आफन्त नजिकिनेछन् । दिगो योजना प्रारम्भ हुनेछ। तर परिस्थिति अनुकूल बनाइराख्न व्यवहारमा अलि सजग रहनुपर्ला । साँझतिर आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् ।
बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । आफन्तजनबाट टाढिनुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । सस्तो लाभमा लोभिँदा व्यर्थैमा खर्च हुनेछ । आवेशको निर्णय र बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ । बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला । बोली व्यहारमा संयम रहँदै गरिएको मिहिनेतले फाइदा दिलाउनेछ ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बिहानको समय विशेष लाभदायी रहनेछ । पेसा र व्यवसायले राम्रो लाभ दिनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन् । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । तर मध्याह्नपछि धन बाहिरिने सम्भावना छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ । आँटेको कामको लगानी अरूका लागि खर्च हुन सक्छ ।
मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ । मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ । मध्याह्नपछि सरसापटमा धन बाहिरिने सम्भावना छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ला ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । भाग्यले विभिन्न अवसर दिलाउन सक्छ । अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ । धेरैले कामको तारिफ गर्नेछन् । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ । कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ । स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला । बाध्यात्मक परिस्थितिले सताए पनि मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ । प्रयत्न गर्दा भौतिक सुविधाका वस्तुहरू जुट्नेछन् । पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ ।
वि.सं. २०७७ भदौ ९ मंगलवार( इ.स. २०२० अगस्ट २५)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
हेर्नुहोस् यस्तो छ तपाईको आज (सोमबार) को राशिफल, आज क-कसलाई छ त शुभ ?
वि.सं.२०७७ भदौ ९ मंगलवार ०७:५६ मा प्रकाशित



























