back
CTIZAN AD

पछिल्लो २४ घण्टामा प्रदेश नं.१ मा १०९ जना कोरोना सङक्रमित थपिए

वि.सं.२०७७ भदौ ९ मंगलवार

771 

shares

प्रदेश नं १ – पछिल्लो २४ घण्टामा प्रदेश नं.१ मा १०९ जना कोरोना सङक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष छन् । जसमा मोरङ र सुनसरीमा ४८,४८, झापामा आठ, खोटाङमा एक र प्रदेश बाहिरका चार जना रहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको विवरण अनुसार मोरङको विराटनगरमा १० महिला १६ पुरुष, धनपालथानमा दुई महिला छ पुरुष, ग्रामथानमा एक महिला पाँच पुरुष, बेलबारीमा एक महिला दुई पुरुष, बुढीगंगामा दुई पुरुष, रंगेलीमा एक पुरुष, जहदामा एक महिला र स्थानीय तह नखुलेकी एक महिलामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार जिल्ला बाहिर सुनसरीको दुहवीमा दुई महिला १४ पुरुष, इटहरीमा चार महिला चार पुरुष, भोक्राहानरसिंहमा छ पुरुष, कोशी गाउँपालिकामा पाँच पुरुष, बराहक्षेत्रमा तीन पुरुष, इनरुवामा एक महिला दुई पुरुष, धरानमा तीन महिला, बराहक्षेत्रमा तीन पुरुष, गढीमा एक पुरुष र स्थानीय तह नखुलेको एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, झापाको भद्रपुरमा एक महिला तीन पुरुष, कमलगाउँपालिकामा एक महिला एक पुरुष, दमक र गौरीगञ्जमा एकएक पुरुष, खोटाङको दिक्तेलामा एक पुरुष र प्रदेश बाहिरका एक महिला र तीन पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसप्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ८३२ पुगेको छ भने आज ४९ जना निको भएर घर फर्केका छन् ।

हालसम्ममा यस प्रदेशमा निको भएर घरफर्कनेको सङ्ख्या एक हजार ३३२ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशमा दुई हजार ३९ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्ममा कुल ८० हजार ७४५ जनाको पिसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७७ भदौ ९ मंगलवार १८:५० मा प्रकाशित

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...