back
CTIZAN AD

विश्वका १० भाग्यमानी देश, जहाँ पुगेन कोरोना महामारी

वि.सं.२०७७ भदौ ९ मंगलवार

795 

shares

काठमाडौं । २०१९ को अन्तिम समय चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीले विश्वका अधिकांश देशलाई संकटमा पुर्यायो । अहिले पनि विश्वका कयौं देश कोरोनाले निम्त्याएको संकटमा गुज्रिरहेका छन् । कोरोना देखिएका मध्ये अधिकांश देशमा यसले विकराल अवस्था निम्त्याएको छ ।

आजसम्मको तथ्यांकअनुसार विश्वभर २ करोड ३८ लाख बढि मानिस संक्रमित भएका छन् । यसको संक्रमणबाट विश्वभर ८ लाख १७ हजार बढिले ज्यान गुमाईसकेका छन् ।

यस्तो भयानक अवस्थामा पनि विश्वका केहि देश भने अनौठो गरि भाग्यमानी ठहरीए । जहाँ कोरोना भाइरसको महामारीले कुनै संकट निम्त्याएन । कोरोनाको विश्व महामारीलाई हेर्दा अत्पत्यारिलो लाग्ने गरि विश्वमा १० देश कोरोना महामारीबाट सुरक्षित रहन सफल भएका छन् । जानौं, भाग्यमानी ठहरिएका १० देश कुन–कुन हुन् ?

यी हुन् कोरोना महामारीबाट सुरक्षित १० देश

पलाउ
माइक्रोनेशिया
मार्शल आईलैंड
नौरु
किरीबटी
सोलोमन आईल्याण्ड
तवालु
समोआ
बनेटू
टोंगा

पलाउको सीमा क्षेत्र गत मार्चदेखि नै बन्द छ । यस देशले कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै तत्कालै सावधानी अपनाएको थियो ।

यसैगरि मार्शल आइल्याण्डले पनि आफ्नो सीमा मार्च देखि नै बन्द गरेको थियो । पर्यटन उद्योगमा आधारित यस देशमा ठुलो आर्थिक घाटा भएपनि कोरोना महामारीले भने छुन सकेन ।

त्यसैगरि ३ लाखको हाराहारीमा जनसंख्या रहेको बनेटू पनि कोरोना महामारीबाट सुरक्षित रह्यो । पर्यटन व्यवसायमै आधारित यस देशमा काफी आर्थिक समस्या आएपनि उसले आफ्नो सीमा क्षेत्र खुुला गरेको छैन् । एजेन्सीबाट

वि.सं.२०७७ भदौ ९ मंगलवार १८:३३ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...