मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । परिबन्धले चुनौती निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला ।
बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
लोकाचारले अनावश्यक काममा अलमल्याउन सक्छ । खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च बढाउनेछ । वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ । सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । समस्या दर्साउँदा शुभचिन्तकले साथ दिनेछन् । मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ ।
कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ । दिगो फाइदा हुने काम सम्पादन हुनेछ ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ । रोकिएका काम दोहोर्याउनुपर्ला । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूका लागि बुद्धि र धन खर्चनुपर्नेछ । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् । वादविवादमा अघि नसर्नुहोला । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । आवश्यकता पूरा गर्न केही रकम सापट लिनुपर्ला ।
बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर आए पनि काममा पछि परिनेछ । मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन् । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । तापनि पारिवारिक जमघटले दैनिकीमा परिवर्तन ल्याउन सक्छ ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर(छिमेकमा असमझदारी बढ्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । यात्रा अलि कष्टपूर्ण हुनेछ । गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। फजुल खर्च बढ्नेछ । रकम जोहो गर्न निकै दौडधुप गर्नुपर्ला ।
मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आजको लाभांश सञ्चय नहुन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । सरसापटमा धन बाहिरिन सक्छ । श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ । भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । केही जिम्मेवारी भने प्राप्त हुनेछ ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
ब्त्रगबचष्गकसफलताले हिम्मत दिलाउनेछ । प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ । दिगो फाइदा हुने काम प्रारम्भ होला । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले समेत उत्साह बढाउला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मान-सम्मान प्राप्त होला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ । दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ ।
वि.सं. २०७७ भदौ १० बुधवार (इ.स. २०२० अगस्ट २६)
उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
कस्तो छ त तपाईको आज (मंगलबार) को राशिफल ? हेर्नुहोस् आज यी राशिका हुनेछन् लाभान्वित
वि.सं.२०७७ भदौ १० बुधवार ०७:३१ मा प्रकाशित




























