काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले आफ्नो बारेमा गलत चर्चा भएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार उनले अनाधिकृत रुपमा आफ्नो नाममा प्रयोग भएका आइडीबाट सचेत रहन आग्रह गरे ।
उनले आफ्नो एउटा मात्रै आइडी भएको भन्दै अन्यबाट भ्रममा नपर्न पनि आग्रह गरेका छन् । आफ्नो आधिकारीक फेसबुकमार्फत उनले लेखेका छन्, ‘मेरो फेक अकाउन्ट खोलि विभिन्न समाचारहरु सम्प्रेसन भएकोले मेरो यो वाहेक कुनै अरु आधिकारिक अकाउन्ट नभएको जानकारि गराउदछु ।’
मेराे फेक अकाउन्ट खाेलि विभिन्न समाचारहरु सम्प्रेसन भएकाेले मेराे याे वाहेक कुनै अरु अाधिकारिक अकाउन्ट नभएकाे जानकारि गराउदछु ।
Posted by Kulman Ghising on Tuesday, August 25, 2020
मंगलबार साँझ घिसिङ्गको नाममा खोलिएका ट्विटर एकाउन्टबाट पुनर्नियुक्तीबारेको मित्थ्या कुरा बाहिरिएको थियो । जसको आधारमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा घिसिङ्गको पुननियुक्तिबारे समाचार भाईरल बनेको थियो ।
चर्चित व्यक्तिहरुले पनि उक्त समाचारको आधारमा कुलमानलाई बधाई दिएका थिए । मन्त्रिपरिषदबाट निर्णय भयो भनि गरिएको उक्त गलत प्रचारबारे मंगलबार साँझ नै उर्जा मन्त्रालयले विभिन्न सञ्चार माध्यममार्फत प्रष्टीकरण दिएको थियो ।
वि.सं.२०७७ भदौ १० बुधवार ११:५१ मा प्रकाशित






























