१० भदौ, काठमाडौं । लम्जुङमा आज मात्रै २० जना नेपाली सेनाका जवानहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
लम्जुङको बेसी सहरमा कार्यरत २० नेपाली सैनिकमा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेशको स्वास्थ्य निेर्दशनालयले जनाएको छ ।
प्रदेशको क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा लम्जुङमा कार्यरत ३७, ३७, २७, २७, ३१,३४,३९,३६,३८,३७,३७,३८,३८,३८,३३, ४०, ३९, ३९ र ३८ वर्षीय पुरुष गरी २३ जना सेनाका जवान रहेका छन् ।
निर्देशनालयका अनुसार आजमात्रै गण्डकी प्रदेशमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा लम्जुङमा २० सैनिक सहित २३ जना, नवलपरासीपूर्वमा ७ जना, कास्कीमा ३ जना गरी जम्मा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो अद्याविधक अनुसार पोखरा महानगरपालिकाका १४ का ५८ वर्षीय पुरुषमा पनि संक्रमण पृष्टि भएको छ । उनीसँगै गण्डकी प्रदेशमा आजमात्रै ३३ जना संक्रमित थपिएका हुन् ।

गण्डकी प्रदेशमा ३ सुरक्षाकर्मीसहित थप ९ जनामा कोरोना संक्रमण
वि.सं.२०७७ भदौ १० बुधवार १०:४३ मा प्रकाशित






























