back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ३०१ सहित ८८५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३४,४१८ पुग्यो

वि.सं.२०७७ भदौ १० बुधवार

747 

shares

१० भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ३०१ जनासहित देशैभरी ८८५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित थपिएका हुन् । पछिल्ला दिनमा उपत्यकाका तीनै जिल्लामा संक्रमितको संख्या बढ्ने क्रम जारी रहेको छ ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को झापामा १६, खोटाङमा १,तेह्रथुममा ८, पाँचथरमा ४, मोरङमा १३ जना र सुनसरीमा ५५ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ४३, पर्सामा १, बारामा २४, महोत्तरीमा १८, रौतहटमा २०, सप्तरीमा १, सर्लाहीमा १२० र सिराहामा ३ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा २३०, काभ्रेमा २१, चितवनमा ४२, दोलखामा २, धादिङमा २, भक्तपुरमा २४, मकवानपुरमा १८, रामेछापमा १, ललितपुरमा ४७, र सिन्धुपाल्चोकमा १ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ४, गोर्खामा १, नवलपरसीपूर्वमा ७ र लमजुङमा २३ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, दाङमा १६, नवलपरासीमा २, प्युठानमा २२, बर्दियामा १, बाँकेमा ४, रुपन्देहीमा १९ र रोल्पामा १ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोटमा १, दैलेखमा १, सल्यानमा १ र सुर्खेतमा ७ जना संक्रमित थपिएका छन् ।

सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा २, कैलालीमा २९, डडेल्धुरामा २, डोटीमा २ र अछाममा २० जना संक्रमित थपिएसँगै आज देशैभरी ८८५ जना संक्रमित थपिएका छन् । जसमा २९९ महिला र ५८६ पुरुष रहेका छन् ।  आज थपिएका ८८५ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका २३२ सहित ८५५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३३,५३३ पुग्यो

वि.सं.२०७७ भदौ १० बुधवार १६:४१ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...