back
CTIZAN AD

पानी ट्याङ्कीमा पैसा राखेको भनि कुप्रचार गर्नेले मेरोविरुद्वमा स्वर उरालिरहेका छन् : ईश्वर पोखरेल

वि.सं.२०७७ भदौ १० बुधवार

846 

shares

काठमाडौं । सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शाही कालका मतियारहरु आफ्नोविरुद्व कुप्रचारमा लागेको आरोप लगाएका छन् । उनले शाही शासनकालमा ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ भनि प्रचार गरेर बदनाम बनाउनेहरु अहिले पनि आफ्नोविरुद्व लागेको बताए ।

‘विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन बिताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसाबले “घरको पानी ट्यांकीमा पैसा राखेको“ कुप्रचार गरिएको थियो, अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका छन्’ पोखरेलले भनेका छन्, ‘म ती सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु ।’

मन्त्री पोखरेलले आफ्नोविरुद्व भएका प्रचार तथ्यहीन र गलत मनासायपूर्णं रहेको बताएका छन् । आफुँविरुद्व लगाईएका आरोप झुटा भएको भन्दै पोखरेलले विज्ञप्तीमार्फत खेदसमेत व्यक्त गरेका छन् ।

‘मेरो नाता सम्बन्धका कसैले पनि सम्बन्धको दुरुपयोग गरेका छैनन्’

मन्त्री पोखरेलले आफ्नो नाता सम्बन्धका कसैले पनि आफ्नो सम्बन्धको आधारमा फाईदा लिने वा पद प्राप्त गर्ने काम नगरेको दाबी गरेका छन् । विज्ञप्तीमार्फत उनले आफ्ना नातासम्बन्धका सबैले विधिसम्मत नै नियुक्ती वा पद प्राप्त गरेको दाबी गरे ।

‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन।’ पोखरेलले विज्ञप्तिमा भनेका छन्।

सम्धी नाताका डा. उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्ती गरेसँगै पोखरेलको चौतर्फी विरोध सुरु भएको थियो । उनले विज्ञप्तीमार्फत आफ्ना सम्धीले सम्बन्धका आधारमा नभई विधि र प्रक्रियाका आधारमा नियुक्ती पाएको दाबी गरेका छन् ।

सम्बन्धित समाचार

विवादित छविका इश्वर पोखरेलका सम्धी राष्ट्रिय बाणिज्य बैंकको नेतृत्वमा

वि.सं.२०७७ भदौ १० बुधवार १७:०५ मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...