back
CTIZAN AD

आइसोलेसनबाटै अस्पताल हाँक्दै छन् डा. तिवारी

वि.सं.२०७७ भदौ ११ बिहीवार

729 

shares

११ भदौँ, चितवन । सके र भएसम्म कोरोना रोगको उपचारको जिम्मेवारीबाट निजी क्षेत्र पन्छिन चाहिरहेका छन् । देशैभर सरकारी स्वास्थ्य संस्थाले कोरोना रोगको उपचारमा नेतृत्व गरिरहेका छन् । यस्तै नेतृत्व गर्दै आइरहेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले दुई सातादेखि आफै कोरोना सङ्क्रमण सँग लड्दै अस्पताल हाँकी रहेका छन् ।

“चार दिनसम्म त मलाई गाह्रो भयो, त्यसपछि फोनबाट काम गर्न थालें ।” शुरुका दिनमा खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जाँगर नचल्ने, खाने कुरामा स्वाद थाहा नपाउनेजस्ता समस्या उनमा देखिएको थियो ।

बाह्र दिन अघि अस्पतालमै खटिरहँदा उनमा कोरोना सङ्क्रमण पुष्टि भयो । स्वाब दिएको तीन दिनमा नतिजा आउँदै गर्दा त्यसबीचमा गरिएका अस्पतालका बैठकमा सहभगी, दैनिक अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी सबै त्रसित भएका थिए । तिवारीमा पनि लक्षण देखिएको थियो ।

राती घरमै भएका बेला सङ्क्रमण देखिएपछि भोलिपल्ट सबेरै अस्पतालमै आएर आइसोलेसनमा बसेर उनले उपचार गर्न शुरु गरे । उनले भने “चार दिनसम्म त मलाई गाह्रो भयो, त्यसपछि फोनबाट काम गर्न थालें ।” शुरुका दिनमा खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जाँगर नचल्ने, खाने कुरामा स्वाद थाहा नपाउनेजस्ता समस्या उनमा देखिएको थियो ।

तिवारीमा सङ्क्रमण देखिएलगत्तै निमित्त मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी डा जगन्नाथ तिवारीलाई दिइएको छ । कोभिड व्यवस्थापनका लागि डा प्रमोद पौडेलको संयेजकत्वमा कोभिड क्लिनिकल टिम परिचालन भइरहेको छ । अस्पताल बिकास समितिका अध्यक्ष डा भोजराज अधिकारी पनि नियमित अस्पतालमा खटिरहेका छन् । कामको उच्च चापका कारण तिवारी अइसोलेसनबाटै टेलिफोन गरेर अधिकांश काममा जुटिरहेका छन् ।

तिवारीले भने, “अध्यक्ष ज्यूदेखि मन्त्रालयसम्म समन्वय गर्ने काम फोनबाटै गरिरहेको छु ।” जसले जे जिम्मेवारी पाए पनि अन्तिम निचोड लिँदा प्रमुखसँग समन्वय गर्ने गर्दछन् । सामान्यदेखि ठूला समस्या सुरुमा आफुमै आएर ठोक्किनेहुँदा काम गर्दिन भनेर सुख पाउने ठाउँ पनि नहुने उनको भनाइ छ । अईसोलेसनमै रहेका तिवारीले टेलिफोनमा भने, “मन्त्रालयले हामीलाई पाँच थान भेन्टिलेटर खरिदको सुनिश्चितत गरेको छ ।” भेन्टिलेटर थपिदैं गर्दा उपचारमा सहज हुने भन्दै उनले खुशी प्रकट गरे।

हाल अस्पतालको १० शै्ययाको कोभिड सघन उपचार कक्षमा दुई वटा र २० शै्ययाको साधारण सघन उपचार कक्षमा चारवटा मात्र भेन्टिलेटर छन् । तिवारीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले टेलिफोन गरी स्वास्थ्य लाभको कामनासँगै सङ्कटमा जुट्ने स्वास्थ्यकर्मीको मुल्यांङ्कन राज्यले गर्ने बताएको भन्दै उनले खुशी प्रकट गरे । भरतपुर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी गरि १५ जनालाई सङ्क्रमण देखिएको छ ।

तिवारी अघिल्लो वर्षको असार अन्तिमसाता यहाँ प्रमुख भएर आएका हुन् । गएको चैत महिनाबाट उहाँ निरन्तर कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिदै आएका छन् । उनले भने “अहिले पनि मेरो ध्यान कसरी आम सर्वसाधारणलाई उपचार दिने भन्नेमै केन्द्रित छ ।” पछिल्ला दिनमा कोरोना भएका र नभएकालाई कसरी सुरक्षित उपचार गर्ने भन्नेमा आफुहरु लागि परेको तिवारी बताउँछन् ।

भरतपुर अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । परोपकार प्रसूति गृहपछि सबैभन्दा धेरै प्रसूति गराउने यस अस्पतालले भरतपुर कोभिड–१९ प्रयोगशाला पनि सञ्चालन गर्दै आएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा अधिकारीले प्रमुख तिवारी आइसोलेसनमा रहँदा पनि समन्वय गरेरै काम गरिरहेको बताए । सबैको समन्वय र सहयोगले अस्पताल सहजरुपमा अघि बढेको उनको भनाइ छ ।

यही मंगलबार पुनः परिक्षण गर्दा तिवारीमा सङ्क्रमण कायमै छ । भरतपुर अस्पतालमा वार्षिक चार लाख भन्दाबढी बिरामीले सेवा लिन्छन् । अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी गरी सात सय हाराहारी कार्यरत छन् । अस्पतालक सूचना अधिकारी लिलाधर पौडेल देशकै महत्वपूर्ण अस्पताल भएकाले यसको व्यवस्थापन आफैमा चुनौतिपूर्ण रहेको बताउँछन् ।(रासस)

वि.सं.२०७७ भदौ ११ बिहीवार १८:१२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...