back
CTIZAN AD

कुलमानको पुनः नियुक्तीको सम्भावना कठिन, कुलमानप्रति प्रधानमन्त्री ओलीका धेरै छन् असन्तुष्टी

वि.सं.२०७७ भदौ ११ बिहीवार

831 

shares

काठमाडौं । कुलमान घिसिङ्गलाई विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा निरन्तरता दिनुपर्छ भनेर सामाजिक सञ्जालमा व्यापक दबाब छ । देशव्यापी रुपमा सञ्चार माध्यममार्फत पनि कुलमानको पक्षमा वकालत छ । चर्चित सेलीब्रेटीले पनि कुलमानलाई पुर्ननियुक्ती गरिनुपर्ने माग खुला रुपमा अगाडि सारेका छन् ।

तर, घिसिङ्गप्रति प्रधानमन्त्री केपी शर्मा ओली नै असन्तुष्ट रहेको बुझिएको छ । जनाइएअनुसार घिसिङ्गको नियुक्तीप्रति ओलीसँगै उर्जामन्त्री वर्षमान पुन पनि सकारात्मक छैनन् । ओलीले घिसिङ्गप्रति निकै धेरै असन्तुष्टीहरु देखाएको स्रोतले बताएको छ ।

जस जति आफैं लिएको र प्राधिकरणमा एकलौटी मच्चाएको आरोप

सरकारी स्वामित्वको कम्पनीमा भएर जस जति सबै आफैंले लिएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टी जनाएको स्रोत बताउँछ । कुलमानले एकल रुपमा प्राधिकरणबाट मात्रै लोडसेडिङ्ग अन्त्य गरेको भन्दै अन्यलाई वायस गरेको बुझाई बालुवाटारमा छ ।

कर्मचारीमाथि निरंकुश व्यवहार गरेको र आफुँले भनेको पनि नमानेकोमा प्रधानमन्त्री ओली र मन्त्री पुनले निकटस्थतसँग असन्तुष्टी पोखेको बुझिएको छ । कर्मचारीको सरुवा, बढुवा तथा पदस्थापनामा पनि बालुवाटार र मन्त्रालयको कुरा नसुनेको भन्दै कुलमानप्रति असन्तुष्टी पोखिएको बताइन्छ ।

जनाइएअनुसार तत्कालिन उर्जामन्त्री जनार्दन शर्माको पालामा प्राधिकरणको कार्यकारी प्रमुख बनेका घिसिङ्गप्रति सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक छन् । तर, प्रचण्डको मात्रै जोडबल चल्ने अवस्था नभएको बताइन्छ । प्रचण्ड र मन्त्री पुनबीचको छलफल पनि निष्कर्षमा पुग्न नसकेको स्रोतले बताएको छ ।

सामाजिक सञ्जालमार्फत दबाब दिएको भन्दै असन्तुष्टी

पछिल्लो समय घिसिङले सामाजिक सञ्जालमार्फत पुनर्नियुक्तीको दबाब दिएको भन्दै प्रधानमन्त्री र मन्त्री पुनले चर्को असन्तुष्टी पोखेको बुझिएको छ ।

गत मंगलबारको मन्त्रिपरिषद बैठक अघि घिसिङ्गको पुनर्नियुक्तीको चर्चा सामाजिक सञ्जालमा व्यापक बनेको थियो । घिसिङको नाममा सञ्चालित ट्विटर एकाउन्टबाट त्यसबारे चर्चा चलाइएको थियो । जसको आधारमा ठुला मानिएका कतिपय सञ्चार माध्यमले पनि समाचार प्रकाशित गरेका थिए ।

१८ घण्टासम्म भएको लोडसेडिङ्गलाई छोटो समयमै अन्त्य गरेका थिए

प्रचण्डको नेतृत्वको तत्कालिन सरकारले २०७३ भदौ २९ मा घिसिङ्गलाई प्राधिकरण प्रमुखको रुपमा नियुक्ती गरेको थियो । घिसिङ नियुक्ती भएको छोटो समयमै दैनिक १८ घण्टासम्म हुने लोडसेडिङ्ग अन्त्य भएको थियो ।

भदौमा नियुक्ती पाएका घिसिङ्गले ०७३ कै तिहारदेखि मुख्य ठुला शहरमा लोडसेडिङ्ग अन्त्य गराएका थिए । कार्यकाल सुरु भएको डेढ वर्ष अर्थात २०७५ वैशाखदेखि देशभर लोडसेडिङ्ग अन्त्य भएको थियो ।

वर्षेनी घाटाको गएको संस्थालाई नाफामुलक बनाउँदै १८ घण्टासम्मको लोडसेडिङ्ग अन्त्य गराएर लोकप्रिय बनेका घिसिङ्गको कार्यकाल आगामी भदौ २९ देखि सकिँदैछ । कार्यकाल सकिन लागेका घिसिङ्गको पुनर्नियुक्तीको माग उठिरहेका बेला अनेकन चलखेल सुरु भएको देखिन्छ ।

वि.सं.२०७७ भदौ ११ बिहीवार १८:३३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...