back
CTIZAN AD

पाकिस्तान र अफगानी तालिवानबीच भेटबारे कुरेशीद्वारा पुष्टि

वि.सं.२०७७ भदौ १२ शुक्रवार

732 

shares

भदौँ १२ । पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेशीले बिहीबार अफगानिस्तानको द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि अफगानी तालीवानी समूहसँग भेटवार्ता भएको बताउनुभएको छ ।

भेटमा शान्ति प्रक्रियामा भएका प्रगतिको जानकारी तालीवानी प्रतिनिधिले आफूलाई जानकारी गराएको र समग्र प्रक्रियाबारे कुराकानी भएको उहाँले बताउनुभयो ।

कुरेशीले अफगानी तालीवान विद्रोहीद्वारा पाकिस्तान पठाएका प्रतिनिधिसँग दुई दिन पहिले भेट गर्नुभएको थियो । अफगानी तालीवान समूहका केही नेताहरू अहिले पाकिस्तानी क्षेत्रमा रहेका छन् ।

पाकिस्तानी विदेशमन्त्री कुरेशीका अनुसार भेटमा शान्ति प्रक्रियालाई अगाडि बढाउने विधि तय गर्नेबारे छलफल भएको उल्लेख गर्नुभयो ।

पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “तालिवानी समूहका राजनीतिक प्रतिनिधिहरूसँग भएको भेट धेरै उपयोगी थियो ।”

“अफगानी द्वन्द्वको राजनीतिक समाधान उत्कृष्ट तथा निर्विकल्प उपाय हो र यो सम्भव छ,” पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पाकिस्तानले अन्तर–अफगानी वार्ता सुरु हुनेमा विश्वास लिएको उहाँले बताउनुभयो ।

वि.सं.२०७७ भदौ १२ शुक्रवार ०५:५२ मा प्रकाशित

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

किएभ। यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूसविरुद्ध समर्थन जुटाउन पेरिसमा यूरोपेली...

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

ब्रसेल्स, बेल्जियम ।  युरोपेली सङ्घले सोमबार युरोपेली दाताहरूले युद्धबाट प्रभावित...

बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते

बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते

बैङ्कक ।   थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको...

भारतमा फोहोरको थुप्रो खस्दा नौ  मजदुरको मृत्यु

भारतमा फोहोरको थुप्रो खस्दा नौ  मजदुरको मृत्यु

नयाँदिल्ली ।  भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने...

सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्दै अष्ट्रेलिया

सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्दै अष्ट्रेलिया

क्यानबेरा ।   अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै...

मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

वासिङ्टन ।   संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र आइतबार कीर्तिमानी अत्यधिक...