१२ भदौँ, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या दिनप्रतिदिन वृद्धि हुदैँ गईरहेको छ । बिहिबार भारतमा ७६ हजार ८ सय २६ कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार ६५ जनाको मृत्यु भएको छ ।
यससँगै भारतमा भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख ८४ हजार ५ सय ७५ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ६१ हजार ६ सय ९४ रहेको छ ।
विश्वभरमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या २ करोड ४६ लाख १२ हजार ३ सय ६० पुगेको छ भने संक्रमणबाट ८ लाख ३५ हजार ३ सय १२ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ भदौ १२ शुक्रवार ०७:३९ मा प्रकाशित





























