अरूलाई आलोचना गर्यो भने साम्प्रदायिकता हुने तर बाहुन क्षत्री खसलाई गाली गर्यो भने क्रान्तिकारी न्याय गरेको हुने ?
अरू धर्मावलम्बीको बारेमा बोल्यो भने धार्मिक असहिष्णूता र सामाजिक सद्भाव खल्बलाएको हुने तर हिन्दू आस्था मान्नेहरू विरूद्धमा विष बमन गरे न्याय मागेको हुने ?
कसैलाई खुईलाएर न्याय पाईन्छ भन्ने भ्रम कसैमा अझै छ भने आजैदेखि बागमतीमा सेलाई दिउन् । अर्काको आस्थाका धरोहर गाईगोरू मार्ने, झण्डा जलाउने, मन्दिर भत्काउने, पुजारी मार्ने, संस्कृत भाषा, साहित्यविरूद्ध जहिले सुकै मनपरी विष ओकल्नेहरू अहिले सुरक्षित छु भन्ने ठाने पनि समाजमा सधै सुरक्षित नहुन सक्छन्, कालान्तरमा त्यसको प्रतिक्रियाबाट गम्भीर प्रताडित हुने सम्भावना रहन्छ ।
अरू जातजाती, भाषा समुदायका बारेमा चर्चा गरे हेपेको हुने तर बाहुन क्षत्री खसको बारेमा तथानाम मनपरी बोले पनि सामान्य र जायज मान्ने?
यस्ता ब्यवहारलाई बेलैमा जिम्मेवारहरूले सम्हालेनन् भने देश अझै ठूलो प्रतिक्रियात्मक द्वन्द र प्रतिकारमा जान सक्छ ।
हिन्दूका आस्थाका सबै पक्षमाथि निरन्तर आघात गरिँदै गरेको र अहिलेका जिम्मेवार पदमा रहेका नेताहरू र सरकारका जिम्मेवारहरूको मौन समर्थन र पुट मिलिरहेको जनताले प्रष्ट देखिरहेका छन् । यो भिषण खराब संकेत हो । यसमा अब पनि सचेत भइएन भने यसको नतिजा ज्यादै अप्रिय हुने अवश्यम्भावी छ । नेपालीको भाषा, संस्कृति, परम्परा, मान्यता, श्रद्धा र आस्थाका वस्तुहरू विरूद्ध मनपरि बोलेर समाजमा बैमनस्यता बढाउन खोज्नेहरूको मुख थुनियोस् र मुख छाडाहरूलाई कानुनको कठघरामा उभ्याइयोस् ।
नेपालमा बाहुनक्षेत्री र खसको जनसंख्या ३३% छ र हिन्दू दशनामी गरी ८०% छन्, यिनमा विविधतायुक्त अरू जातजाति वा समुदायहरू जस्तो भन्दा भाषा, मान्यता, परम्परा, धार्मिक प्रचलन, देवीदेउता, कर्मकाण्डमा समानता र एकरूपता पनि बढी छ। हिन्दू सनातनी शास्त्रहरू र संस्कृत, भाषा, साहित्य, नैतिक एवं जीवन मूल्य, मान्यताबाट दीक्षित भएका र हजारौँ वर्षदेखि बुद्धि खेलाउने पेशा र काम परम्परागत ढंगमा गरिआएकाले यिनमा आत्मविश्वास, सहनशीलता र क्षमता पनि बढी छ। समाजमा सहनशीलता कमजोरी होईन, यो सबैले बुझ्न जरूरी छ । शक्तिशाली, आत्मविश्वासी, बुद्धिमा विश्वास गर्ने र बलियाहरू बढी सहनशील हुन्छन्। कमजोर आत्मविश्वासका मानिसहरू बढी आक्रोशित र असहिष्णू हुन्छन् ।
कसैलाई खुईलाएर न्याय पाईन्छ भन्ने भ्रम कसैमा अझै छ भने आजैदेखि बागमतीमा सेलाई दिउन् । अर्काको आस्थाका धरोहर गाईगोरू मार्ने, झण्डा जलाउने, मन्दिर भत्काउने, पुजारी मार्ने, संस्कृत भाषा, साहित्यविरूद्ध जहिले सुकै मनपरी विष ओकल्नेहरू अहिले सुरक्षित छु भन्ने ठाने पनि समाजमा सधै सुरक्षित नहुन सक्छन्, कालान्तरमा त्यसको प्रतिक्रियाबाट गम्भीर प्रताडित हुने सम्भावना रहन्छ ।
बहुल आस्थाको हाम्रो विविधतायुक्त सहिष्णु नेपाल भूमिमा सबै जिम्मेवार हुन जरूरी छ । आफ्नो अधिकार खोज्दा अरूको आस्थामा कदापी धावा बोल्नुहुदैन, यो भ्रमबाट सबै जागून् ।
समाजमा बसेपछि अरूको आस्थामा घात गर्नु असामाजिक प्राणी बन्नु हो। हिन्दू चलनमा शाकाहारीलाई उच्चस्तरको खाना मानिन्छ र विश्वमा अहिले शाकाहारीको संख्या बढ्दो छ ।
नेपालमा भैसी, रॉगा, गाई, गोरू काटेर खान पाईएन भनेर रडाको गर्दै आपसमा किन बैमनश्यता सिर्जना गर्न खोजेको होलान् ? के यी पशु नखाए मरिहालिन्छ ? अचम्म लाग्छ ।
समाजमा सहअस्तित्वमा पनि बस्नुपर्ने र अर्काको श्रद्धाको पुजा गर्ने देउतासरह मान्ने जस्तो संवेदनशील विषयलाई पनि दुत्कार्ने मानिस कहीँ सामाजिक प्राणी हुन सक्छ ? अर्काको सम्मान गरेर बस्ने समाज राम्रो कि तेरो श्रद्धा भॉडमा जाए भन्ने समाज ठिक?
समाजमा द्वन्द र बिग्रह निम्त्याउने, त्यसमा पनि यदाकदा मासु खानका लागि प्राण लिनैपर्ने किन होला? मासु ठूलो कि आपसी सद्भाव र सामाजिक अमनचयन ? त्यसमाथि पनि रातोमासु ठिक होईन, स्वास्थ्य बैज्ञानिकहरू नै भनिरहेका छन् ।
सात्विक भोजन अध्यात्मिक शारिरीक दृष्टिले उत्तम हुन्छ, नभए राजसी भोजन ठिक छ । तामसी भोजनले दिमाग पनि तामसी बनाईदिन्छ र समाजमा सधैँ पछि परिन्छ र ईज्जत पनि पाउदैन । तामसी भोजन गर्ने समाज शान्त र दिगो हुदैन युद्धपिपासू हुन्छ ।
कसैको तर्क गर्ने शैली र उसले ब्यक्त गर्ने शब्दावलीहरू हेरेर उ सात्विक भोजनकर्ता हो कि, राजसी हो कि वा तामसी हो भन्ने प्रष्ट बुझ्न सकिन्छ । जसले जस्तो भोजन गर्छ उसको मति, बुद्धि र ब्यवहार पनि त्यस्तै हुन्छ।
नेपालको समाजशास्त्र अध्ययन गर्दा अमुक समुदाय र त्यो समुदायको भोजन संस्कृतिबीच प्रत्यक्ष सम्बन्ध देखिन सकिन्छ । नेपाली समाजको भोजन शास्त्र र मानवीय गुणवत्ताबीच पनि प्रत्यक्ष सम्बन्ध रहेको प्रतीत हुन्छ ।
समुदायको सामान्य भोजन संस्कृतिले त्यस समाजको पनि गुणस्तरको मापन गरिरहेको हुन्छ । त्यसैले भोजन मानिसका लागि ठूलो गुणवत्ता मापन सूचक हो । मन लागेको खान पाईन्छ तर त्यसको चौतर्फी बहुआयामिक प्रभाव पनि भोग्न तयार हुनैपर्छ ।
हिन्दू सनातनी पद्दति जतिको सहिष्णू विश्वमा अरू कुनै पद्दति छैन । बसुदैव कुटुम्बकम्, सर्वे भवन्तु सुखिन…जस्ता कालजयी विश्वदृष्टि यसमा नै छ ।
सनातन हिन्दू भनेको विश्वभरिका सबै धर्म र आस्थाका मानिसलाई हजारौँ वर्षदेखि शरण दिदै आएको समाज हो । अन्य आस्था र मुलुकका मानिसहरू हजारौँ वर्ष अघिदेखि आफ्नो समाजमा प्रताडित भएर लखेटिदै जादैगर्दा भारतवर्षमा आएर ओत र स्वतन्त्रता पाएका थिए । विश्वबाट यतातिर आउने मानिस कि ज्ञानको खोजमा कि अध्यात्मिक शान्तिका खोजमा आएका हुन् । कुनै हिन्दू अर्को धर्म वा आस्था भएको अन्य मुलुकमा आक्रमण गर्न गएको ईतिहास नै छैन । किनभने परिपूर्ण आध्यात्मिक हिन्दू प्रणाली भित्र विश्वका सबै पन्थ समाहित भएका हुन्छन् ।
जब हिन्दूहरू माथि पराया धर्मबाट आक्रमण हुन थाल्यो र आफ्नो पहिचान ज्ञान र अस्तित्व समाप्त पार्न खोजिए त्यसपछि हिन्दू समाजमा पनि कट्टरपना विकसित हुँदै गयो । आफ्नो परिवार, गोत्र, नश्ल, संस्कृति, पहिचान र अस्तित्व जोगाउन कडा कडा सामाजिक पारिवारिक नियमहरू र आचार संहिता स्थापित हुदै गएको हो । हिन्दू आस्थामाथि हजारौँ वर्षसम्म मुसलमान, ईसाई र बौद्धवादीको दमन हुदै गरेपछि आदि शंकराचार्यको नेतृत्वमा हिन्दू पुनर्जागरण हुँदै गयो । अहिले भारतमा भारतीय जनता पाटीं(विजेपी)को दुई कार्यकालका लागि नै दुईतिहाईको सशक्त सरकार र सत्ता स्थापित हुन पुगेको छ ।
नेपालमा पनि उदार बहुसंख्यक हिन्दू आस्था परम्परामाथि यताआएर अल्पसंख्यक गैरहिन्दू, हिन्दू बिरोधी, हिन्दू मास्ने मिशनमा पराया मुलुकको उक्साहकमा लागेका र नास्तिक राजनीतिक वर्गहरूबाट घोर अतिक्रमण, बिरोध वा उक्साउने खालका दमनहरू हुन थालेको महसुस गरिदैछ । यसले नेपालमा आजसम्म रहिआएको उदार हिन्दू समाज हैन, निकट भविष्यमा कट्टर हिन्दूवादको प्रार्दुर्भाव नहोला भन्न सकिन्न ।
क्रियाको प्रतिक्रिया हुन्छ नै । यो भौतिक शास्त्रको मात्र हैन, समाज शास्त्र र राजनीति शास्त्र पनि नियम हो ।
वि.सं.२०७७ भदौ १२ शुक्रवार ०९:२९ मा प्रकाशित






























