नेपाली काँग्रेस पार्टी नेपालको ईतिहासमा सबै भन्दा जेष्ठ, गौरबशाली र संघर्षशील भएको कुरामा दुई मत नहोला । यस्को बलिदान र संघर्षका कथाहरु देशको ईतिहासमा स्वर्णिम अक्षरले लेखिसकिएको छ । सधै प्रजातन्त्रको पक्षमा लडेको र लडिरहने पार्टी भित्र के साँच्चिकै प्रजातन्त्र छ त ? यस्ले आफूलाई खरो रुपमा प्रजातान्त्रिक भएर देखाउन सकेको छ त ? यी प्रश्नहरु अहिले ब्यापक रुपमा उठ्ने गरेका छन् ।
बहुमत कार्यकर्ताहरु पार्टीमा ब्यापक परिबर्तन चाहन्छन । लामो समय देखि पार्टीमा रहेर काम गरेका अनुभवले खरिएका नेताको कमि छैन कॉंग्रेसमा मात्र टिके प्रथा हटि प्रतिस्पर्धामा जाने र कसैले पनि हस्तक्षेप नगर्ने हो भने परिबर्तन अबश्यमम्भाबी छ ।
समाज समय अनुसार परिबर्तन हुदै जान्छ । यो प्राकृतिक नियम नै हो । डाइनोसरले समय अनुरुप आफूलाई ढाल्न न सक्नु उस्को पतनको कारण बन्यो । हामी पनि समयानुसार चल्न सक्नु पर्छ नत्र हाम्रो अस्तित्व पनि डाईनोसर कै जस्तो हुन सक्छ । समयले यति फड्का मारि सक्यो कि आज भन्दा तीस बर्ष पहिलाको कुरा गर्दा अहिलेको पुस्ता (generation) ले बिश्वास नै गर्दैन । हिजोको त्यो काल खन्डमा राजनिति गर्न जति मुस्किल थियो त्यो भन्दा सयौं गुणा सजिलो छ, अहिले । हिजो सूचना पाउन हप्तौ कुर्नु पथ्र्यो तर आज हॉवाको बेगमा समाचार, सूचनाहरु पाउन सकिन्छ । समाज पुरै बदलिएको छ । यस्तो अबस्थामा पार्टीले पनि समय अनुसार आपूुलाई ढाल्न सक्नु पर्छ ।
काँग्रेसमा लौह पुरुष सन्त नेता र मजुदुर नेताको पद खाली छ यस्मा अहीले सम्म कुनै काँग्रेसका उम्मेदबारले उम्मेदबार दिन सकेनन रुखाली कुन पदमा कति फाइदा छ/हुन्छ त्यसैलाइ ढुकेर बसेका छन् । अहिलेका पदाधीकारीहरु चाहे शेरबहादुर हुन् की रामचन्द्र होउन की ससांक होउन निती र सिद्धान्तले नेता जन्मीन्छ परीबारबाद, फरीयाबाद, जातीबादको बिरोध गरुन् । तिमीलाई कुनै अधीकार छैन, किनकी तिमीहरू ४० वर्षसम्म यसैमा रमायौ ।
२०४८ साल देखि पार्टी समय समयमा सरकारको नेत्तृत्वमा रहेर काम गरि सकेको छ । तर आफू सत्तामा हुँदा कति काम पार्टीको भाबना अनुसार गर्न सक्यौ र काहा चुक्यौ यस्को लेखा जोखा कॉंग्रेस पार्टीले गर्न सक्नु पथ्र्याे ? सधै सत्तामा पुग्न आतुर हुने तर त्यहाँ पुग्न के के राम्रा काम गर्नुपर्छ हिसाब नै नगर्ने प्रवृत्तिले आज पार्टीको सॉख जनता बिच धेरै खसेको छ । आफ्नो पुरानो स्थितिमा पुग्न के गर्नुपर्छ भनेर चिन्तन गर्नु जरुरी छ । तर दुर्भाग्य पार्टीमा सधै कसरी केन्द्रमा बस्न सकिन्छ र आफूले चाहेको अनुसार पार्टी चलाउन पाईन्छ भन्ने मै शक्ति खर्चिएको छ ।
हिजो २०५१ सालमा अठहत्तरे र छत्तिसे भनेर दुई फ्याक भएको कॉंग्रेसलाई केहि समय पछि रसाएर जोड्ने कोशिश त गरियो तर पुरै चुहिनबाट जोड़न सकिएन। त्यसैकारण अहिले पनि बेला बेलामा कॉंग्रेस बिभिन्न गुट र उप गुटमा चुहिएको छ । पार्टीको हित र भविष्य भन्दा पनि व्यक्तिको स्वार्थ र हितलाई हेरिने गरिन्छ । हुँदाहुँदाअहिले आएर नेत्तृत्वले टसकामस नहुने बरु के गरेर हुन्छ आफ्नो उपस्थिति अझै लम्ब्याउने तिर लाग्नुले हज्जारौ कार्यकर्ताहरुमा नैराश्यता थपिएको छ । बहुमत कार्यकर्ताहरु पार्टीमा ब्यापक परिबर्तन चाहन्छन । लामो समय देखि पार्टीमा रहेर काम गरेका अनुभवले खरिएका नेताको कमि छैन कॉंग्रेसमा मात्र टिके प्रथा हटि प्रतिस्पर्धामा जाने र कसैले पनि हस्तक्षेप नगर्ने हो भने परिबर्तन अबश्यमम्भाबी छ ।
शेर बहादुर देउवा, राम चन्द्र पौडेलहरुले आफ्ना अनुयायीहरुलाई मार्ग प्रशस्त गर्न सक्नु पर्छ । यदि यस्तो भएमा उहाहरुको मान सम्मान झन बढ्ने छ र कॉंग्रेसको ईतिहासमा सदा उहाहरुको नाम स्वर्णिम रहने छ । हैन पुनः आफूलाई नै शक्ति र सत्ता चाहिन्छ र म भन्दा अरु कोहि पनि सक्षम छैनन भन्ने सोचमा जाने हो भने अहिले बचेको थोरै साख पनि बच्ने छैन् । यस्ले उहाँहरुलाई त सखाप पार्छ नै सिगों पार्टीको भबिश्य पनि धरापमा पर्ने छ ।
अब वरिष्ठ नेताहरुले यदि पार्टीको भविश्य बचाउने हो भने आफूहरुलाई अभिभावकको रुपमा स्थापित गरेर दोश्रो पुस्तामा पार्टीलाई हस्तान्तरण गर्न सक्नु पर्छ । दोश्रो पुस्ताले पनि आफुहरुमा आएको जिम्मेदारीलाई ईमान्दार रुपले संचालन गर्दै जाने र भाबी पुस्तालाई मार्ग प्रसस्त गर्न सक्नुपर्छ । होइन उहि २०४८ साल देखि पार्टीको केन्द्र र समय समयमा सरकारमा रहेर बसेका र पुरानै संस्कार र शैलीले पार्टी चलाउन सक्ने स्थिति छैन। शेर बहादुर देउवा, राम चन्द्र पौडेलहरुले आफ्ना अनुयायीहरुलाई मार्ग प्रशस्त गर्न सक्नु पर्छ । यदि यस्तो भएमा उहाहरुको मान सम्मान झन बढ्ने छ र कॉंग्रेसको ईतिहासमा सदा उहाहरुको नाम स्वर्णिम रहने छ । हैन पुनः आफूलाई नै शक्ति र सत्ता चाहिन्छ र म भन्दा अरु कोहि पनि सक्षम छैनन भन्ने सोचमा जाने हो भने अहिले बचेको थोरै साख पनि बच्ने छैन् । यस्ले उहाँहरुलाई त सखाप पार्छ नै सिगों पार्टीको भबिश्य पनि धरापमा पर्ने छ ।
दोश्रो पुस्ताबाट शेखर, सशांक, बिमलेन्द्र, कृष्ण, गगन जो होस कार्यकर्ताहरुको मन जितेर आउँछ भने बाँकी सबैले हार्दिकताका साथ स्वीकार्न सक्नु पर्छ र पार्टी भित्र झ्याँगिदै गएको गुट उपगुटलाई तोड्न सक्नुपर्छ ।
अब समयको माग अनुसार नेत्तृत्व हस्तान्तरण गरेर पार्टीलाई एक बयस्क, चुस्त र दुरुस्त बनाउन सक्नु पर्छ । दोश्रो पुस्ताले पनि के हेक्का राख्नुपर्छ भने कार्यकर्ताहरु समय सापेक्ष परिबर्तनको पक्षमा हुने हुँदाभोलि सहजरुपमा नेत्तृत्व हस्तान्तरणको लागि तयारी रहन सक्नु पर्दछ । आउने चौधौ महाधिवेशनमा कांग्रेसले एक सबल नेत्तृत्व चयन गर्न सक्नु पर्छ । चाहे दोश्रो पुस्ताबाट शेखर, सशांक, बिमलेन्द्र, कृष्ण, गगन जो होस कार्यकर्ताहरुको मन जितेर आउँछ भने बाँकी सबैले हार्दिकताका साथ स्वीकार्न सक्नु पर्छ र पार्टी भित्र झ्याँगिदै गएको गुट उपगुटलाई तोड्न सक्नुपर्छ । यदि यस्तो हुन सकेमा नेपाली कॉंग्रेसको भबिश्य सुरक्षित रहला नत्र गाह्रो छ ।
जय नेपाल !
(पर्वत पैयुँगाउँपालिका ४ पैयुँ हटियाका कृष्ण गौतमको २०६१ साल मंसिर १७ गते स्याङ्जाका सिर्सिकोटमा तत्कालिन शाही नेपाली सेनाद्वारा गिरफ्तार गरी गोलि हानी हत्या गरिएको थियो । )
वि.सं.२०७७ भदौ १२ शुक्रवार १०:२७ मा प्रकाशित





























