१४ भदौ,काठमाडौं । गण्डकी प्रदेशमा आज मात्रै २९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार यसअघि ५ जना र अहिले २४ जना गरी जम्मा २९ जना संक्रमित थपिएका हुन् ।
निर्देशनालयका अनुसार संक्रमित हुनेमा तनहुँका मात्रै २२ जना रहेका छन् । तनहुँको भानु नगरपालिका ६ का ६९,४०,२३,४०,५१,४०, ६८, ३८ र ६२ वर्षीय नौ जना पुरुष र ७ का ३२,४६,३६,६०,५६,३६,५५,६०,२७ र ३८ वर्षीय १० पुरुष तथा ३ का ८ वर्षीया बालिका र ५४ र २५ वर्षीया २ महिला गरेर जम्मा २२ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै बागलुङ नगरपालिका तमानखोलाका २३ र ३० वर्षीय पुरुष पनि संक्रमित भएका छन् ।
पछिल्लोपटक थपिएका २४ जनासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या २१२३ पुगेको पनि स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशमा स्वास्थ्यकर्मीसहित थप पाँचमा कोरोना संक्रमण, संक्रमितको संख्या २०९९ पुग्यो
वि.सं.२०७७ भदौ १४ आइतवार १०:५७ मा प्रकाशित






























