१४ भदौँ, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या दिनप्रतिदिन वृद्धि हुदैँ गईरहेको छ । शनिबार भारतमा ७८ हजार ४ सय ७२ कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ९ सय ४४ जनाको मृत्यु भएको छ ।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या ३५ लाख ४२ हजार ७ सय ३३ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ हजार ६ सय ५७ रहेको छ ।
विश्वभरमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या २ करोड ५१ लाख ६९ हजार ५ सय ५९ पुगेको छ भने संक्रमणबाट ८ लाख ४६ हजार ७ सय ७८ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ भदौ १४ आइतवार १०:५१ मा प्रकाशित





























