back
CTIZAN AD

भिरबाट हाम्फाल्न खोजेकी मेरी आमा सम्झँदै गर्दा

वि.सं.२०७७ भदौ १४ आइतवार

1.3K 

shares

आज भन्दा ४३ बर्ष पहिलेको कथा हो । फागुनको महिना थियो प्राय सबैको घरमा श्रीस्वथानीको ब्रत लिएकोले साङ्गे गर्ने बेला भएकोले सबैको घर्मकार्य बिहानैबाट चहलपहल हुन्थ्यो । हाम्रो घरमा पनि दिदीले श्रीस्वस्थानि माताको ब्रत लिनु भाको रैछ । रातीबाट आमालाई सुत्केरी बेथा लागेछ । अनि दिदीहरु छिटो छिटो किताब पढि फूल सेलाउन तुवाँखोलामा जानू भएछ । स्वस्थानी पूणिमाको दिन सबैको घरघरमा पुजापाठको तयारी थियो दिदीहरु फूल बगाएर खोलाबाट आउनु भो । मिरमिरे उज्यालो हुँदै थियो, भर्खर छ बजेको थियो ।

अब यो भिरबाट हाम्फाल्छु भन्ने सोच्दा सोच्दै भगवानले सुनेर होला एक जना मुस्मुसाका ठकुरी मामा जोर्बले खेतबाट घरमा आउँदै हुनुहुदो रहेछ । अनि आमालाई गालामा हात राखेर चिन्ता गरेर ढुङ्गामाथी बसेको देखेर सोध्नु भएछ ‘ए कान्छी किन यहाँ यसरी बसेकी ? तिमी त सुत्केरी छौ भन्ने सुनेको थिएँ । फेरि यो चिसोमा किन के भो ? आमा धेरै बेर बोल्नु भएनछ । फेरि सोधेपछी दाजु मेरो त छोरी जन्मेको छ । त्यसैले दिक्क लागेर बसेको …। यो सुनेर ठ्कुरीमामा निक्कै रिसाउनु भएछ र सम्झाउँदै आमालाई घरमा पु¥याउनु भएछ ।

घरमा पुग्दा म जन्मिएको तर आमाले नालसम्म नकाटेर बस्नु भाको आमा रगतमा डुबेको अनि रुँदै बसेको देखेर दिदी आत्तिएर रुन लाग्नु भएछ । ठूलोममीको छोरी मुइँया दिदीले सम्झाउँदै नाल काट्ने व्यवस्था गर्नु भएछ । आमालाई भने छोरी जन्मिदा सारै पिर परेको थियो । आमालाई छोरी जन्माउन कत्ति मन थिएन । भगवानसँग हरपल हात जोडेर भन्नू हुन्थ्यिो भगवान मेरो छोरा होस् । तर बिड्म्बना म छोरी जन्मिएँ आमालाई त्यो भन्दा ठूलो पिडा अरु के हुन्छ र बच्चा जन्माउने पीडा त थियो नै झन ठुलो पिडा छोरी जन्माउननु मा थियो ।

के गर्नु र आमाको द्द छोरा जन्माउने चाहाना अधुरो रह्यो । आमाले धेरै सोच्नु भो छोरी जन्मि, भोलि कस्तो ठाउँमा पुग्छे कति दुख पाउछे । कस्तो श्रीमान पाउली, पढाई लेखाइ गराउन र सभ्य शिक्षा दिलाउन गाह्रो हुन्छ कि, भागी बिबाह गर्लान् कि भन्ने डरले आमाको मनमा विभिन्न कुरा खेल्न थाल्यो । अरु १ छोरा र २ छोरी छँदैछ्न बरु यो नबाँचेकी भए हुनेथियो, जस्तो पनि लागेछ । केहि बेर काखमा लिन र दूध खुवाउन मन लागेन छ । धेरै बेर म रोएको रोइ गरेछु । आमाको मन हो । म रोएको देखेर मन थाम्न गाह्रो हँुदा अनि काखमा लिएर रुँदै दूध खुवाउनु भएछ ।

आमाले म जन्मँदाको सम्बाद यसरी सुरु गर्नुभयो :
म छोरी भएर खान्दानी परिवारमा जन्मिएँ । खान्दानि परिवार भित्र ७ बर्षको उमेरमा १४ बर्षको तिम्रो बाबासँग मेरो बिबाह भयो । मैतालु आउँदा ७ जाना भरिया नि सासू आमालाई थोरै भाको थियो । संसारको कडा तिम्रो हजुरआमा मैले सासू पाएँ ।पहिलो सन्तान तिम्रो दिदी छोरी पाएँ । मेरो सासू आमालाई पहिलो सन्तान छोरी मन परेन त्यही कारण मैले सौता पाए । बडो कष्टका साथ दोस्रो सन्तान छोरो पाएँ, अब घरखान सक्छु कि भन्ने साहस आयो जेनतेन खुशी हुने साहस गरेँ ।तेस्रो सन्तान फेरि छोरी पाएँ सासु आमालाई त्यो नि मन परेन त्यही कारण अर्काे दोस्रो सौता पाएँ ।

अब लास्ट सन्तान जसरी नि एउटा छोरा जन्मिए हुन्थ्यो भन्ने मेरो आश पनि सकियो तिमी छोरी जन्मिऔ । यो भन्दा पिडा अरु के हुन्छ ? भन्दै सारै अधैर्य भइ दुःखी हुनु भएछ । तर भगवानको देन कस्ले रोक्न सक्छ र ! उता धेरै बर्ष पछि काजीसाबको छोरी जन्मेको सारा गाउँमा हल्ला भो आमालाई छोरी जन्मँदा हर्ष थिएन । झन पिर लाग्यो । गाउँले र आफन्त भने आज पूर्णिामाको दिन जन्मेको छोरी सारै भाग्यमानी हो, भनेर हेर्न आउन थाले । हेर्न आउने जति सबैले आमालाई हजुर धन्य हुनुहुन्छ, आज स्वस्थानी पूर्णिमाको दिन सारै भाग्यमानी छोरी पाउनुभो भन्दा अलिकति आमाको आँखा खुल्यो ।

त्यही बेला एक जना तेवाल्नी आमै आउनु भो । खोइ खोइ छोरी हेरौँ कस्ति जन्मिछ । आमालाई भने कत्ती हर्ष थिएन । त्यसैले देखाउन मन नि लागेन । फेरि आमैले खोइ छोरीको मुख देखान भन्नुभयो । अनि बल्ल बल्ल छुनुभो । र रुँदै रुँदै मेरो मुख देखाउन लाग्नु भो । अनि आमैले मलाई हेरेपछि आमालाई निक्कै सम्झाउनु भएछ । बाउ जस्तो छोरी भाग्यमानी हुन्छन् काजी जस्तै काजिको फोटोकपी छ । फेरि आज पूर्णिमाको दिन जन्मेकी यो यो केटी भाग्यमानी छ । छोरी देवि हो त खुशी हो । छोरी भनी चिन्ता नगर यो छोरी सारै उदारबादी र भाग्यमानी हुनेछ । हेला नगर पछि पछुतो मान्नु पर्ला भनी धेरै सम्झाए पछि आमाको मन अलिकति पलाएछ । अब अलिक सकारात्मक सोच आएछ । साँच्चै भाग्यमानी पो छु कि आज फागुन ७ प्रजातन्त्र दिवस पनि हो, श्रीस्वस्थानी को पूर्णिमा पनि यी आमैले भनेको ठिकै हो कि जस्तो लागे पछि अलिकति मनमा शान्त्ति भएछ ।

फेरि ६ दिन जति भएपछी आमा पल्लो बरिमा जानू भएछ । चिउरीदाडाको तल थुलो ढुङ्गा थियो त्यहाँ बस्नु भएछ । अनि हजुर आमाले भनेका शब्द र आफूले छोरी पाएको कारण सौता पाएको र फेरि ७ बर्ष पछि पाको सन्तान नि म छोरी भएको कारण आमालाई निक्कै पिडा महशुस भएछ । अब यो भिरबाट हाम्फाल्छु भन्ने सोच्दा सोच्दै भगवानले सुनेर होला एक जना मुस्मुसाका ठकुरी मामा जोर्बले खेतबाट घरमा आउँदै हुनुहुदो रहेछ । अनि आमालाई गालामा हात राखेर चिन्ता गरेर ढुङ्गामाथी बसेको देखेर सोध्नु भएछ ‘ए कान्छी किन यहाँ यसरी बसेकी ? तिमी त सुत्केरी छौ भन्ने सुनेको थिएँ । फेरि यो चिसोमा किन के भो ? आमा धेरै बेर बोल्नु भएनछ । फेरि सोधेपछी दाजु मेरो त छोरी जन्मेको छ । त्यसैले दिक्क लागेर बसेको …। यो सुनेर ठ्कुरीमामा निक्कै रिसाउनु भएछ र सम्झाउँदै आमालाई घरमा पु¥याउनु भएछ । मलाई लाग्छ । तेलवाल्नी आमै र ठकुरी मामालाई भगवानले नै पठाको हुनुपर्छ । हुनत आमाको पनि कुनै दोष होइन दोष त हाम्रो अन्धकारमा रुमलिएको समाजको हो । धेरै सम्पती हुनेको धेरै छोरा हुनुपर्छ, छोरी अर्काको घरमा जाने जात त्यसैले छोरो नै पाउनुपर्छ भन्ने अन्धविश्वास बोक्ने समाजको दोष थियो । आमा आफूले भोगेको यातना पीडा मेरा छोरीहरुले भोग्न नपरोस् भन्ने चाहानु हुन्थयो । त्यस कारण उहाँलाई छोरी जन्मदा हर्ष नलाग्नु स्वभाबिक नै हो ।

जब ११ दिनको दिन न्वारान भो अनि बाहुनले नाम राख्ने बेला भयो । जन्मकुड्ली हेर्दा ‘यो छोरी भाग्यमानी छिन हजुरको घरमा साच्चै देबिको रूपमा जन्म भाको छ अब हजुरले यो छोरीको मुख हेरेर जे कम गर्नु हुन्छ त्यो सफल हुन्छ । चिन्ता नगर्नु’ भनी समझाउँदा र गुरुले यी नानीको चिना चिठ्ठा केही चाहिन्न श्रीस्वस्थानी माताको कृपाले नबराज राजाले हात्तीबाट अभिषेख पाउने बेलामा जन्मिएकि छिन् अप्सारा नाँच्ने गन्दर्व गाउने धूप दिप र नैबेद्ले पुजा पाठ हुँदै गर्दा जन्म भएको छ भनी थुप्रै प्रसंसा गर्दिएपछि त्यो दिन मात्र आमा आनन्दले निदाउनु भएछ ।
कठै हाम्रो समाजको छोरीलाई हेर्ने दृष्टिकोण ! कति फरक छ सक्षम छोरा जन्माउने नि महिला नै हुन भन्ने कुरा नबुझेको हाम्रो समाजले आज धेरैले छोराछोरी बराबरी भनेको सुन्दा निक्कै खुसी लाग्छ ।

बेला बेलामा पछुतो मान्नु हुन्थ्यो । छोरी तिमीमाथी मैले अन्याय गरेको छु भनेर तर मलाइ कहिल्यै अन्याय लागेन त्यो जमाना त्यो समाज त्यो समय परिस्थिति नै त्यस्तै थियो । हुनत म छोरी भएकै कारण आमाको धेरै सेवा गर्ने अबसर पाइन आमाले यो संसार छोडेर जानेबेला एक घुड्की पानी खुवाउन पाइन काखमा बसेर चम्मर हल्लाउँदै हावा खुवाउन नि पाइन । तर आमाको प्रत्येक वचन या बाणि सिरोधार्य गरि घरखान सफल भएकी छु । हजुरको इज्जतमा दाग लगाएको छैन आमा । छोरी नै भएपनि हजुरका हरेक सपना साकार बनाउने छु आमा ।

हुनत कस्को बाबा ममिलाई आफ्नो सन्तान राम्रो होस भन्ने लाग्दैन र ! त्यसमा पनि हामी छोराछोरीलाई उत्कृष्ट सन्तान बनाउन आमाले आफ्नो थुप्रै चाहाना मार्नु भो । व्यवहारिक शिक्षा र संस्कारिक शिक्षाको ज्ञान हासिल गराउनु भो । आज सुनिने बुद्धका बाणि हिजो आमाले हामीलाई सिकाउनु हुन्थियो । यहाँसम्म पु¥याउने देन उहाँकै हो । सायद आजसम्म बाँच्नु भाको भए आमा पक्कै धेरै खुशी हुनुहुन्थ्यो होला । आमा हाम्रो साथमा नभएनी आमाका हरेक बाणि मेरो मनमुटुमा छन् । हरपल मिस गरिरहन्छु । आमा ।

(रोकाय : पुर्ण तारा फाउन्डेसनको फाउण्डर तथा उज्यालो लालीगुराँस गार्मेन्ट उद्योगकोअध्यक्ष हुन् ।)

वि.सं.२०७७ भदौ १४ आइतवार १०:३८ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...