काठमाडौं । नेपाल प्रहरीका ७२ प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको सोमबारको निर्णयानुसार ७२ डीएसपीको सरुवा भएको हो ।
सरुवाको निर्णयअनुसार डीएसपी अनुपम श्रेष्ठको दैलेख जिल्ला प्रहरी कार्यालयमा सरुवा भएको छ । डीएसपी अन्जना श्रेष्ठलाई संघीय प्रहरी इकाई, काभ्रेबाट प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ । त्यस्तै अपिल राज बोहराको प्रहरी प्रधान कार्यालयबाट महानगरीय प्रहरी वृत सरुवा भएको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालय इटहरीमा अर्जुन केसी, गोविन्द थापा सल्यान, गौतम थापा तेर्हथुम, चक्रबहादुर शाह कालिकोट, चित्रबहादुर भट्टराई मुगु, दानबहादुर थापा पाँचथर, नरेशराज सुवेदी रोल्पा, मदनजित महरा बाजुराको इञ्चार्जमा सरुवा भएका छन् ।
त्यसैगरी, माधवप्रसाद काफ्ले जुम्ला, योगेन्द्रसिंह थापा अछाम, महेन्द्र नेपाल डडेल्धुरा, राजु पाण्डे डोल्पा, राजु लामा पश्चिम नवलपरासी, राजेश थापा जगाती, रामेश्वर पौडेल दरवारमार्ग, रुपक खड्का बझाङ, सुनिल मल्ल प्युठान सरुवा भएका छन् ।
अन्यको सरुवा कहाँ–कहाँ ? हेर्नुहोस् सूची






वि.सं.२०७७ भदौ १५ सोमवार १३:०० मा प्रकाशित






























