काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को पीसीआर परिक्षण शुल्क निश्चित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार बसेको बैठकले सःशुल्क रुपमा पीसीआर परिक्षण गर्ने प्रयोगशालाको शुल्क निर्धारण गरेको हो ।
बैठकले पीसीआर शुल्क ४ हजार ४ सय रुपैयाँभन्दा बढि लिन नपाउने बनाएको स्वास्थ्य आपतकालिन केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
सोमबार सार्वजनिक विज्ञप्तीमा निर्धारण गरिएको शुल्क बढि नलिन निर्देशन गरिएको छ । अधिकारीले जनाएअनुसार बढि शुल्क लिए सोही बमोजिम कारबाही हुनेछ ।
पीसीआर परिक्षण शुल्क मनपरी लिन थालेपछि सरकारले शुल्क निर्धारण गरेको हो । पीसीआर परिक्षणको शुल्क निर्धारण नहुँदा बिरामीले मनपरी शुल्क तिर्न बाध्य हुँदै आएका थिए ।

वि.सं.२०७७ भदौ १५ सोमवार १४:०२ मा प्रकाशित






























