back
CTIZAN AD

महराले एमसीसी रोकेको भीम रावलको खुलासा

वि.सं.२०७७ भदौ १५ सोमवार

1.2K 

shares

१५ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य तथा प्रभावशाली नेता डा. भीम रावलले तत्कालिन सभामुख कृष्णबहाुदर महराले एमसीसी रोकेको खुलासा गरेका छन् ।

एमसीसी खारेज अभियानमा आबद्ध करीब ३ सय अभियन्तासँगको अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले अमेरिकीसँग लसपसी गर्ने केही ठूलाबडाहरुले दिएको चर्को दबाब र षड्यन्त्रका बाबजुद् संसदमा पास गर्ने काम तत्कालिन सभामुख कृष्णबहादुर महराको अडानका कारण अहिलेसम्म रोकिएको बताएका हुन् ।

सो कार्यक्रममा बोल्दै उनले ‘आइपीएस’ अमेरिकी सैन्य रणनीति अन्तर्गतको ‘हिन्द प्रशान्त रणनीति’ होइन भन्ने कुरा अमेरिकी सरकारले प्रष्ट नभनेसम्म यसबारेमा अरु कुरामा अघि बढ्नै नहुने स्पष्ट पारेका छन् । संसदमा विशेष समय लिएर सम्झौतामा भएका राष्ट्रघाती बुँदा खारेज गर्नुपर्ने कुरा आफूले उठाएको, प्रत्येक दफामाथि सुष्म निगरानी राखेर व्याख्यासहित प्रतिवेदन पार्टीलाई बुझाएको र पछिल्लो कार्यदलको प्रतिवेदनमा सो कुरा ‘बोल्न भनिएपछि’ राष्ट्रिय हितमा परिमार्जन र संशोधन गरी अनुमोदन गर्न सकिने कुरा उल्लेख भएको बताएका थिए ।
कार्यक्रममा रावलले भने ‘सत्ता संचालन गरेको दलको कुटनैतिक बाध्यता’ बुझेर राष्ट्रघात रोक्न प्रयास भैरहेकोले लड्नेहरुको मनोबल नगिराउन अभियन्ताहरुलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेलले राष्ट्रघाती दस्तावेजलाई संसदको सम्पत्तिका रुपमा मान्न अस्विकार्य भएको धारणा राखेका थिए । उनले नेपाललाई अन्तर्राष्ट्रिय क्रिडास्थल हुन नदिन पार्टी भित्र र बाहिरमात्र होइन, सडकमा समेत जानुपर्ने विचार व्यक्त गरेका थिए । पोखरेल, एमसीसी विरोधी अभियानमा देश दौडाहसमेत गरिसकेका छन् ।

आइपीएसकै अंग भएकाले कुनै पनि बहानामा एमसीसी अनुमोदन नहोस भन्दै साध्यबहादुर भण्डारी, पर्शुराम तामाङ, डा शम्भु कट्टेल, बाबुराजा महर्जन, महादिप पोखरेल लगायतका सहभागीले ‘मण्डले बंशका देसद्रोही व्यक्ति’ लाई अर्थमन्त्री बनाएर घातमाथि घात गरिएको आरोप लगाएका थिए । पत्रकार मनहरी तिमिल्सिनाले सहजीकरण गरेको सो कार्यक्रममा अभियानका संयोजक नारायण शर्माले थप आन्दोलनलाई उत्प्रेरणा मिलेको भन्दै कार्यक्रमको समापन गरेका थिए ।

स्मरण रहोस्, नेकपाभित्र भीम रावल, लीलामणि पोखरेल, देव गुरुङ, नारायण शर्मा, जगन्नाथ खतिवडा, प्रेमल खनाल लगायतका नेताहरु एमसीसीको विरोधमा बोल्दै आएका छन् भने वामपन्थी नेता तथा माक्र्सवादी चिन्तक स्वनाम साथी सहितको समूहले जागरण कार्यक्रम चलाउँदै आएको छ ।

वि.सं.२०७७ भदौ १५ सोमवार १५:३७ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...