back
CTIZAN AD

बीमा समूह चम्किदा नेप्सेमा दोहोरो अंकको बृद्धि, झण्डै साढे तीन अर्बको कारोबार

वि.सं.२०७७ भदौ १५ सोमवार

1K 

shares

१५ भदौ, काठमाडौं । बीमा समूह चम्किंदा सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको बृद्धि देखिएको छ । साताको दोस्रो दिन सोमबार समग्रमा नेप्सेमा २२.२२ अंकले बृद्धि हुँदै १४८४.९२ अंक कायम भएको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि २.०५ अंकले बढेर २९८.३५६ बिन्दुमा कायम भएको छ ।

आजको बजारमा कारोबार रकममा भने अत्याधिक बृद्धि देखिएको छ । सुचिकृत मध्ये १८९ कम्पनीको कारोबारमा रु ३ अर्ब ४६ करोड २५ लाख ४६ हजार १२४ रुपैंयाँ बराबरको ७७ लाख ६३ हजार ५६ कित्ता सेयर किनबेच भएको छ भने ४० हजा २०६ पटक लेनदेन भएको छ । आजको कारोबार रकम भने लकडाउन पछिको उच्च हो ।
आज कारोबार भएकामध्ये होटल समूहको परिसूचक घटेको छ भने बाँकी सबै ११ कम्पनी उपसूचक समूहको परिसूचक उकालो लागेको छ । करोबार भएकामध्ये बीमा कम्पनी समूह चम्किंदा यसले समग्र नेप्सेमा प्रभाब पारेको देखिएको छ ।

आजको बजारमा जीबन बीमा कम्पनी समुहको सूचक सबैभन्दा बढी देखिएको छ । उसको सूचकमा २६०.३३ अंकले बढेर ९३०८.३९ बिन्दुमा पुगेको छ भने उसलाई पछ्याउँदै निर्जीवन बीमा कम्पनी समूहको सूचक पनि २३३.७ अंकले बढेर ७५२८.७० बिन्दुमा पुगेको छ

। आईतबार सिस्टममा समस्या आएपछि कारोबार ढिलो सुरु भएको थियो । तर पनि झण्डै डेढ अर्बको कारोबार भएको थियो । सोमबार भने धेरै लगानीकर्ताहरुले कारोबारमा सहभागि भएको देखिन्छ ।

आज ११७ कम्पनीका लगानीकर्ताले कमाएका छन भने ३४ कम्पनीका लगानीकर्ताले गुमाएका छन । १६ कम्पनीको कारोबारमा भने कुनै पनि परिवर्तन देखिएको छैन ।

आज नेपाल पूनर्बीमा कम्पनीको सेयर सबैभन्दा बढी करोबार भएको छ भने कमाई पनि उसैका लगानीकर्ताले गरेका छन । उसको मात्र २८ करोड ७४ लाख ५७ हजार २२८ रुपैंयाँ बराबरको ३ लाख ४६ हजार ६७५ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । बजार बन्द हुँदा उसको प्रति कित्ता सेयर मूल्य ८४७ रहेको थियो । यो अघिल्लो दिनको भन्दा ७७ अंक अर्थत १० प्रतिशतले बढी हो ।

वि.सं.२०७७ भदौ १५ सोमवार १५:४६ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...