back
CTIZAN AD

लायन्स क्लव बेल्बास सिटीले सुरु गर्यो कोरोना प्रभावितका लागि खाद्य बैंक

वि.सं.२०७७ भदौ १५ सोमवार

852 

shares

१५ भदौ, बुटवल । लायन्स क्लव अफ बेलवास सिटीले कोभिड–१९ को महामारीलाई लक्षित गरी बेलवास चोकमा खाद्य बैँक संचालनमा ल्याएको छ ।

आइतवार एक कार्यक्रमकाबीच बैँकको सुभारम्भ गर्दै क्लवका संस्थापक अध्यक्ष तथा रिजन चियर पर्सन शिवलाल उपाध्ययले कोभिड १९ को महामारीका कारण कुनै पनि व्यक्ती भोको रहन नपरोस् भन्ने उद्देश्यले खाद्य बैँक संचालनमा ल्याइएको बताए । उनले यस प्रकारको अभियानले सर्वसाधारणको घरमा चुलो निभ्न नदिने विश्वास समेत लिए ।

कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष लक्ष्मण कुमार खड्काले हुनेले दिने र नहुने लिएर जाने गरी फुड एक्सचेन्जरका रुपमा क्लवले काम गर्ने बताए । पहिलो चरणमा सेनिटाइजर, मास्क तथा राहात वितरण गरेको क्लवले दोस्रो चरणमा खाद्य बैँक नै संचालनमा ल्याएको उनको भनाई छ ।


त्यस्तै सोही कार्यक्रममा बोल्दै क्लवका उपाध्यक्ष तथा खाद्य बैक संचालक समितिका संयोजक गोविन्द खनालले समाजिक सेवाभावले नै काम गर्न सुरु गरिएको बताए ।

बैँकमा चामल, दाल, नुन, तेल, पिठोलगाएतका समाग्रीको पोका तयार गरिएको छ । अतिआवश्यक हुनेहरुले पोक लैजान सक्ने गरी व्यवस्थापन गरिएको हो ।
उपाध्यक्ष रामप्रसाद भूषालको राष्ट्रियगान, टेमर शिव खनालको झन्डा अभिवादन तथा सहसचिव वावु भूषालको संचालनमा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष उमलाल बन्जाडे, क्लवका पदाधिकारी, संचारकर्मीलगाएतको उपस्थिति रहेको थियो ।

 

वि.सं.२०७७ भदौ १५ सोमवार २०:१९ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...