back
CTIZAN AD

गोन्जालो देखि हेमन्त वलीसम्मको रिहाइको माग

वि.सं.२०७७ भदौ १५ सोमवार

1.3K 

shares

१५ भदौँ, काठमाडौँ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका प्रश्नहरुसहित मानवअधिकार पूर्ण बहालीका लागि सक्रिय हुन लागेको सोसिएल एलायन्स मुभमेन्टले पेरुका कम्युनिष्ट नेता गोन्जालोदेखि विद्रोही माओवादीका नेता हेमन्त वलिसम्मको रिहाइको माग गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै राज्यको तर्फबाट भएका अमानवीय क्रियाकलापको विरोध गर्ने र न्यायको पृष्ठपोषण गर्ने उद्देश्यले देश तथा विदेशमा रहेका नेपालीहरु अभियानको रुपमा संगठित हुँदै गरेको अभियान्ता महादिप पोखरेलले जनाएका छन् । उनका अनुसार अभियानको रुपमा डा. शम्भु कट्टेल लगायतका माक्र्सवादी बुद्धिजीविहरुको पहलमा सो संस्थाको घोषणा तयारी अन्तिम चरणमा पुगेको छ ।

‘यस अभियानले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै राज्यको तर्फबाट भएका फासीबादी क्रियाकलापको पनि खुलेरै विरोध गर्दछ र न्यायको पृष्ठपोषण गर्दछ ।’ उनले भने ।

सो संस्थाले नेपालमा विप्लव नेतृत्व गरेको नेकपा राजनैतिक पार्टी भएको भन्दै राजनैकि पार्टीमाथिको प्रतिबन्ध तुरुन्त हटाउन र वार्ता थाल्न सरकारसँग आग्रह गरेको छ । साथै उक्त पार्टीलाई खुला रूपमा राजनैतिक गतिविधि संचालन गर्न पाउने वातावरण निर्माण गर्न समेत आग्रह गरिएको छ । सो पार्टीका कतिपय कार्यकर्तालाई फेक इन्काउन्टर गरी मारिने कदम रोकी घटनामा दोषीलाई दण्डीत गर्नसमेत माग गरिएको छ ।

राजनैतिक आस्थाका आधारमा बन्दी बनाइएका हेमन्त प्रकाश वलि,माइला लामा लगायत सम्पूर्ण बन्दीलाई रिहा गर्न, नेपालको रुकुम लगायत कतिपय जिल्लाहरु, तराई क्षेत्रमा दलितको नाममा भएका अन्याय, बलात्कार, हत्या जस्ता घटना हुँदा पनि सरकार उदासीन भएको भन्दै अपराधीलाई कडा कार्वाह गर्न माग गरेको छ ।

अन्तर्राष्ट्रिय रूपमा अभियानले भर्खरै टर्कीमा ४२ वर्षिया कानुन व्यवसायी तथा मानव अधिकारकर्मी इब्रु तिम्तिकको २३८ दिनको भोक हड्ताल कै क्रममा मृत्यु भएकोमा टर्किस फासिवादी सरकारको घोर भत्सर्ना गर्दछौँ, भनेको छ भने फिलिपिनो सरकारले त्यहाँका क्रान्तिकारी नेताको हत्या गरेकोमा पनि भत्र्सना गरेको छ ।

पेरुका क्रान्तिकारी नेता गोन्जालोको जीवन रक्षा र रिहाईको माग गर्दै अभियानले भारतले जि एन साईबाबा, बारबरा राओ लगायत धेरै बुद्धिजीवीहरुलाई अभिव्यक्ति स्वतन्त्रताबाट बन्चित गर्दै कारागारमा राखेकोमा उनीहरुको जीवन रक्षा र रिहाइको पक्षमासमेत जोडदार मागसमेत गरेको छ ।

वि.सं.२०७७ भदौ १५ सोमवार २०:२३ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...