back
CTIZAN AD

नेपालको मौलिक सम्पदा संरक्षणमा एनआरएनको चासो

वि.सं.२०७७ भदौ १५ सोमवार

726 

shares

१५ भदौ, काठमाडौं । एनआरएनले नेपालको मौलिक सम्पदाको संरक्षणको क्षेत्रमा योगदान गर्ने चासो देखाएको छ ।

संस्थाको नेपाली भाषा, साहित्य, संस्कृति तथा संरक्षण प्रवर्द्धन समितिमार्फत् एनआरएनले नेपालको मौलिक सम्पदा संरक्षणमा क्रियाशील संरक्षणविद् रबिन्द्र पुरीसंग अन्तरक्रिया गरी यस्तो चासो देखाएको हो ।

समितिको साप्ताहिक अनलाइन कार्यक्रम ’प्रवासी प्रवाह’ को आइतवारको १६ औं शृंखलामा संरक्षणविद् पुरीसंग संरक्षण सम्बर्द्धन र प्रवर्द्धनको क्षेत्रमा उनले गरेको योगदान र एनआरएनले खेल्नुपर्ने भूमिकाका बारे चर्चा गरिएको थियो । १५ औं शृंखलासम्म भाषा, साहित्यमा बढी केन्द्रीत रहेको प्रवासी प्रवाहको आइतवारको शृंखला सम्पदा विशेषमा केन्द्रीत रहेको थियो ।

समितिका अध्यक्ष हिक्मत थापाका अनुसार कार्यक्रममा एनआरएनले के कसरी मातृभूमिको मौलिक सम्पदा संरक्षणमा योगदान गर्न सक्छ भन्ने बारे पुरीसंगको अन्तरक्रिया केन्द्रीत थियो । पुरी विगत दुई दशकभन्दा पहिलेदेखि सम्पदा संरक्षणको क्षेत्रमा निरन्तर काम गर्दै आइरहेका छन् ।

एउटा पागलको सपनामा सम्पदा संरक्षण
जुन बेला रबिन्द्र पुरी जर्मन प्राविधिक सहयोग संस्था जीटीजेडको छँदाखाँदाको आकर्षक जागिर छाडेर भत्कन लागेको भक्तपुरको एक पुरानो घर,जहाँ कुखुरापालन गरिएको थियो,त्यसलाई संरक्षण गर्नुपर्छ र भत्कन दिनु हुँदैन भन्दै सम्पदा संरक्षणका लागि आफुलाई समर्पित गरेर लागिपरे । त्यो बेला उनलाई चिनेजानेका कतिपयले रबिन्द्र पागल भएछ भन्थे ।

उनले त्यो आलोचनाको कुनै परवाह गरेनन् बरु त्यसलाई पनि सकारात्मक रुपमा ग्रहण गरे र पागल नै सही तर मौलिक सम्पदा संरक्षणका लागि म आफूलाई समर्पित गरिरहन्छु भन्दै अघि बढे । ऐतिहासिक र सयौं वर्ष पुराना मौलिक कलाकृति र वास्तुकलाले सज्जित घरहरु भत्कन लागेको, विनाश हुन लागेको देख्दा त्यसलाई उनले मैले यसको संरक्षण गर्न पहल गर्नुपर्छ भन्ने निर्क्यौल गरे र त्यही विनाश देख्न नसकेर उनी यो अभियानमा जोडिए । जसले पागल रबिन्द्रको परिचय दूई दशकभन्दा लामो अवधिपछि आज एक संरक्षणविदको रुपमा परिवर्तन गरिदिएको छ र उनलाई पागल भन्नेहरु पनि उनको सम्मान गर्न थालेका छन् ।

यो बीचमा उनले बन्दीपुर, भक्तपुरलगायतका कैयौं स्थानमा मौलिक सम्पदा संरक्षणको क्षेत्रमा काम गरिसकेका छन् भने कतिपय जिल्लामा विद्यालय भवन पनि सोही अनुसार निर्माण गरेका छन् । उनको योजना छ मुलुकका ७७ वटै जिल्लामा मौलिक सम्पदा संरक्षण गर्ने गरी एक एकवटा विद्यालय वा सामुदायिक भवन निर्माण गर्ने । यसैगरी पुरानो शहर पनौतीलाई संरक्षण सम्बर्द्धनको नमुना शहरको रुपमा विकास गर्ने । उनले आफ्ना योजनाहरु र आफूले गरेका कार्यहरुको झलकसहितको छोटो भिडियो प्रस्तुती पनि कार्यक्रममा देखाएका थिए ।

सम्पदाको विषयमा एनआरएनले गरेको यो पहिलो कार्यक्रम भएको एनआरएनका पूर्व कोषाध्यक्ष समेत रहेका एनआरएन नेपाली भाषा, साहित्य, संस्कृति तथा संरक्षण प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापाले जानकारी दिए ।  कार्यक्रम समितिकी सदस्य सचिव भगवती बस्नेत र समितिका मिडिया कोअर्डिनेटर गौतम दाहालले संयुक्त रुपमा संचालन गरेका थिए ।

https://www.facebook.com/nrnabhashasahitya.samiti.3/videos/166093185084053/

 

वि.सं.२०७७ भदौ १५ सोमवार २०:०६ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...