back
CTIZAN AD

को थिए प्रणब मुखर्जी ?

वि.सं.२०७७ भदौ १६ मंगलवार

654 

shares

१६ भदौँ । भारतका धेरै नागरिकले मन पराउने नेताहरुको सूचीमा अग्रपङ्क्तिमा पर्नुहुने पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधनको खबरले अहिले भारतभरी शोक छाएको छ । अन्य देशका नेताहरुसँग पनि राम्रो सम्वन्ध भएकाले उनको निधनप्रति विश्वभरीबाट दुःख व्यक्त भइरहेको छ ।

विभिन्न दीर्घरोगका कारण अस्वस्थ्य रहँदै आएका ८४ बर्षीय मुखर्जीलाई कोरोना सङ्क्रमण भएको पनि पुष्टि गरिएको थियो । अस्पतालमा उपचार गरिरहँदा पनि थप गल्दै गएपछि उनी केही दिनदेखि अचेत अवस्थामा रहेका थिए। भेन्टिलेटरमा राखेर उपचार गराइरहेपनि उनको उपचार सफल नभएको उनकै छोराले जानकारी दिएका छन् ।

उनका बारेमा यसअघि पनि गलत समाचार सार्वजनिक भएपछि परिवारजन र अस्पतालले पटक पटक उनी जिवितै भएको र उपचार भइरहेको स्पष्टीकरण दिनु परेको थियो । अन्ततः लामो राजनीतिक तथा सामाजिक सङ्घर्ष गरेका मुखर्जीले सोमबार सधैँका लागि विश्राम लिएका छन् ।

भारतमा प्रधानमन्त्री बन्ने बाहेक अन्य पर्याप्त अवसर पाएका नेताका रुपमा लिइन्छ । भद्र, सन्तुलित, समन्वयकारी र बौद्धिक व्यक्तिका रुपमा चिनिने मुखर्जीप्रति धेरै जनताको सकारात्मक धारणा रहँदै आएको थियो ।

उनी भारतको प्रधानमन्त्रीका लागि स्वभाविक दावेदार भएपनि प्रधानमन्त्री हुन नपाउनु भएका नेताका रुपमा चिनिन्छन्। सन १९८४ र सन् २००४ मा उनी प्रधानमन्त्रीका लागि शसक्त दाबेदार देखिएका थिए । भारतीय काँग्रेस पार्टीकी तत्कालिन अध्यक्ष इन्दिरा गान्धीबाट प्रशिक्षित भएकाले पनि उनलाई आफु प्रधानमन्त्री बन्छु भन्ने विश्वास हुँदाहुँदै पनि बन्न पाएका थिएनन् ।

प्रधानमन्त्री बन्न नपाएको बारेमा उनले कहिल्यै पनि सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त नगरेपनि उनकी छोरी तथा काँग्रेस नेतृ शर्मिष्टा मुखर्जीले आफ्ना बुवा भारतको प्रधानमन्त्री बन्न नपाएकोमा मनमा कता कता अन्याय अनुभव गरेको बताउने गरेका थिए ।

उनी सन् २०१२ मा भारतको राष्ट्रपतिमा निर्वाचित भएपछि त झन यो असन्तुष्टि व्यक्त गर्नु अस्वभाविक नै भएकाले त्यत्तिकै दब्यो । त्यसलाई थप दवाउन राष्ट्रपतिबाट बाहिरिएपछि गत बर्ष उनलाई भारत रत्न सम्मान प्रदान गरिएको थियो ।

सन् १९३५ को डिसेम्बरमा पश्चिम बङ्गालमा पर्ने मिराटी गाउँको एउटा सामान्य परिवारमा जन्मिएका मुखर्जी काँग्रेस पार्टीका नेता थिए । त्यसैले नै उनी स्वभाविक रुपमा राजनीतिमा हानिए ।

युवा अवस्था देखि नै राजनीतिमा सम्लग्न मुखर्जीले इतिहास र राजनीतिशास्त्रमा स्नात्तकोत्तर र कानुनमा स्नातक अध्ययन गरेका थिए ।

सन् १९६९ मा ३४ वर्षको उमेरमा राज्यसभाको सदस्य बनेका थिए । तर पार्टीबाट ६ वर्ष निलम्बन पनि भोग्नु परेको थियो ।

त्यसपछि पनि निरन्तर पार्टीमा सक्रिय भएपछि उनले अर्थमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्रीजस्ता महत्वपूर्ण मन्त्रालयको नेतृत्व पनि गरे । भारतको लोकसभाको सभामुखसमेत भएका मुखर्जीले अरु पनि धेरै सरकारी तथा सार्वजनिक जिम्मेवारीमा रहेर काम गरेका थिए ।

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको बोर्डमा पनि काम गरेकाले भारतमा उनलाई राम्रो अर्थविद्का रुपमा लिइन्थ्यो । त्यही पृष्ठ भुमिमा उनलाई अर्थमन्त्रालयको जिम्मेबारी प्राप्त भयो । त्यसमा सफल भएपछि थप राजनीतिक यात्रा पनि राम्रो बन्दै गयो ।

त्योभन्दा धेरै अगाडि उनी भारतमा शिक्षक र पत्रकारका रूपमा पनि सामाजिक क्षेत्रमा क्रियाशिल भएका थिए । उच्च शिक्षा पुरा गरेसँगै उनले स्थानीय शिक्षालयमा प्राध्यापन गरेका थिए । उनी स्थानीय बङ्गाली भाषामा प्रकाशित हुने पत्रिकाको सम्पादक पनि बनेका थिए ।

उनलाई भारतमा प्रधानमन्त्री बन्ने बाहेक अन्य पर्याप्त अवसर पाएका नेताका रुपमा लिइन्छ । भद्र, सन्तुलित, समन्वयकारी र बौद्धिक व्यक्तिका रुपमा चिनिने मुखर्जीप्रति धेरै जनताको सकारात्मक धारणा रहँदै आएको थियो । (रासस)

वि.सं.२०७७ भदौ १६ मंगलवार ०८:२५ मा प्रकाशित

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

किएभ। यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूसविरुद्ध समर्थन जुटाउन पेरिसमा यूरोपेली...

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

ब्रसेल्स, बेल्जियम ।  युरोपेली सङ्घले सोमबार युरोपेली दाताहरूले युद्धबाट प्रभावित...

बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते

बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते

बैङ्कक ।   थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको...

भारतमा फोहोरको थुप्रो खस्दा नौ  मजदुरको मृत्यु

भारतमा फोहोरको थुप्रो खस्दा नौ  मजदुरको मृत्यु

नयाँदिल्ली ।  भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने...

सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्दै अष्ट्रेलिया

सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्दै अष्ट्रेलिया

क्यानबेरा ।   अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै...

मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

वासिङ्टन ।   संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र आइतबार कीर्तिमानी अत्यधिक...