back
CTIZAN AD

जबरजस्ती कामबाट निकालिए पछि कान्तिपुरमा टेलिभिजनका पत्रकार र कर्मचारी आन्दोलित

वि.सं.२०७७ भदौ १६ मंगलवार

1.1K 

shares

काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९)को महामारीबीच आफ्नो स्वास्थ्यको समेत पर्वाहा नगरी निरन्तर रुपमा काममा खटिएको बेला कामबाट निकालिएपछि कान्तिपुरमा टेलिभिजनका पत्रकार र कर्मचारी आन्दोलनमा उत्रेका छन् । कान्तिपुर मिडिया ग्रुप अन्तर्गतको कान्तिपुर टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकार गैरकानुनी रुपमा निकाल्न थालेपछि टेलिभिजन संवद्ध कर्मचारी संघलगायतले आन्दोलन सुरु गरेका हुन् ।

नेपालमा सवैभन्दा बढि आर्थिक कारोवार गर्ने मिडिया कान्तिपुर मिडिया ग्रुपमा आर्थिक घराना लगायत गैर नेपाली संघका पूर्व पदाधिकारीको समेत लगानी रहेको छ । सो टेलिभिजनले गैरकानुनी रुपमा कर्मचारी निकाल्ने, श्रमजीवी ऐन लागु नगर्ने तथा सरकारले जारी गरेको निर्देशिका समेत पालना नगरेको आरोप लगाउदैं कान्तिपुर मिडिया अन्तरर्गतको कर्मचारी यूनियन आन्दोलनमा उत्रेको हो ।

टेलिभिजन स्रोतका अनुसार नियमित टेलिभिजनको काममा खटिएका ४० बढि श्रमजीवी पत्रकारलाई ब्यवस्थापनले कामबाट निस्कन दवाब दिएको छ । मंगलबार कान्तिपुर टेलिभिजन कर्मचारी संघले ११ बुँदे माग राख्दै आन्दोलन सुरु गरेका छन् ।

यसअघि कान्तिपुर मिडिया ग्रुप अन्तर्गत कान्तिपुर पत्रिका, नेपाल र साप्ताहिकमा दशकसम्म काम गरिरहेका पत्रकारहरुलाई जबर्जस्ती राजिनामा दिन बाध्य पारिएको थियो भने धेरैलाई बेतलवी बिदामा राख्ने काम भएपछि एक महिनाअघि गेटमै धर्ना दिनेदेखि २र२ रूपैयाँ उठाएर व्यवस्थापनलाई बुझाउने ब्याङ्ग्यात्मक आन्दोलन पनि भएको थियो ।

अहिले कान्तिपुर टेलिभिजन कर्मचारी संघका कार्यवाहक महासचिव राजन तामाङ, केन्द्रीय सदस्य प्रकाश थापा र रवीन्द्रध्वज शाहलाई कामबाट निकालिएको छ । भने अन्य कर्मचारीलाई काम छाडन दवाब दिइएको छ ।

संघकी अध्यक्ष निर्मला बस्नेतद्वारा मंगलबार जारी गरेको विज्ञप्तिमा ,जवरजस्ती कामबाट निकालिएका श्रमजिवी पत्रकार तत्काल पुर्नवहाली गर्न, संघका माग कार्यान्वयन गर्न, श्रमजिवि पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर्न माग गरिएको छ ।

त्यस्तै टेलिभिजनमा कार्यरत पत्रकार तथा कर्मचारीको सामाजिक सुरक्षाको भत्ताको तत्काल कार्यान्वयन गर्न, कोरोना संक्रमणका बेला सरकारले श्रमजिवि पत्रकार तथा कर्मचारीहरुको रोजगारी सुनिश्चितका लागी जारी गरेको निर्देशीका पूर्ण कार्यन्वयन गन माग गरिएको छ ।

संघले नियमित काममा लागि फिल्डमा खटिएका पत्रकारको लागि संक्रमण जोगिन न्युनतम स्वास्थ्य उपकरणको ब्यवस्थापनगर्न, कर्मचारीको हक हितमा खटिएका पदाधीकारीलाई कामबाट निकाल्ने काम अन्त्य गर्न माग गरेको छ । संघले टेलिभिजनमा लामो समय देखि अस्थाई रुपमा काम गरिरहेका पत्रकार तथा कर्मचारीलाई तत्काल स्थायी गर्न, श्रमजिवि पत्रकार तथा कर्मचारी माथी भैरहेको श्रम शोषण र अत्याचार बन्द गर्न माग गरेको छ ।

त्यस्तै काममा खटिएका कर्मचारीलाई पुर्व जानकारी विना कामबाट हटाउने कार्य बन्द गर्न तथा आधिकारीक प्रतिष्ठान कान्तिपुर टेलिभिजन कर्मचारी संघलाई आधिकारीक रुपमा काम गर्ने काम गर्ने वातावरण बनाउँन माग राख्दै आन्दोलन सुरु गरिएको छ ।

रोजगारीबाट निकाल्ने भनेर मौखिक जानकारी गराइएका कर्मचारीहरुको रोजगारीको निरन्तरता र सुनिश्चितता गर्न व्यवस्थापन समक्ष माग गरेको छ । संघले ब्यवस्थापनसंग राखेका माग तत्काल पुरा नगरे बाध्यात्मक आन्दोलनको कारणबाट सिर्जना हुन सक्ने घटना र परिणामबारे व्यवस्थापन स्वयं जिम्मेबार हुने समेत चेतावनी दिएको छ ।

आन्दोलनप्रति क्रान्तिकारी पत्रकार संगठनको ऐक्यबद्धता

अहिले टेलिभिजनमा कान्तिपुर मिडिया ग्रुप तथा टेलिभिजन ब्यवस्थापनसंग अन्यायपूर्ण रुपमा जागिरबाट निकालिएका पत्रकार तथा कर्मचारीलाई पुर्नवहाली गर्न माग गरेको छ । सो आन्दोलनप्रति क्रान्तिकारी पत्रकार संगठन, नेपाललगायतले ऐक्यबद्धता जनाएका छन् ।

संघका उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका जन्मदेव जैसीले कान्तिपुर टिभिको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनको तयारी र योजना निर्माणमा सघाउँदै आएका छन् । यसअघिको आन्दोलन मा पनि जैसीको प्रभावकारी भूमिका रहेको थियो ।

वि.सं.२०७७ भदौ १६ मंगलवार १४:३० मा प्रकाशित

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार...

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति...