back
CTIZAN AD

अखिल क्रान्तिकारीद्वारा चिकित्सा आयोगको निर्णय खारेज गर्न माग

वि.सं.२०७७ भदौ १६ मंगलवार

750 

shares

१६ भदौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्णय खारेज गर्न माग गरेको छ ।

अनेरास्वीयु (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलद्वारा विज्ञप्ति जारी गर्दै राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सी.टी.ई.भी.टी मातहत सञ्चालित स्वास्थ्यसँग सम्बन्धित सीएमए, एएनएम, ल्याब टेक्नोलोजी र आर्युवेदलाई बिना मापदण्ड खारेज गरेको निर्णयको खारेजी गर्न माग गरिएको छ ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा हुने गरेका विकृति र विसंगतिप्रति निरन्तर संघर्ष गर्दै आएको संगठनले स्पष्ट मापदण्ड नबनाइ हचुवाको भरमा यस्ता निर्णय नगर्न समेत सरकारलाई चेतावनी दिएको छ ।

साथै संगठनले पूर्वाञ्चल विश्वविद्यालय मातहतका क्याम्पसहरुमा अध्यनरत नियमित विद्यार्थीहरुको अनलाइन परिक्षाको नाममा विद्यार्थीहरुबाट जर्बजस्त पैसा असुल्नको लागि ताकेता गरिएकोमा विरोध गर्दै निर्णय खारेज गर्न माग गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयले उक्त निर्णय तत्काल खारेज गरी नियमित र व्याकपेपर लगायत सबै विद्यार्थीहरुको एकसाथ परिक्षा गर्ने वातावरण तयार गर्न समेत जोडदार माग गरिएको छ ।

‘विद्यार्थी संगठनको सहभागिता बेगर कलेज सञ्चालकहरुको दबाबमा षडयन्त्रपूर्वक ढंगले गरिएको उक्त निर्णयलाइ अविलम्ब खारेज गरी सम्वन्धित सरोकारवाला पक्षहरुसँग समेत छलफल गरी वर्तमान परिस्थिति कोभिड – १९ को महामारीलाइ समेत मध्यनजर गर्दै आम विद्यार्थीहरुको निम्ति न्यायोचित एवम् समय सापेक्ष निर्णय गरेर अघि बढ्न सम्वन्धित पक्षसँग जोडदार अपिल गर्दछौ ।’ विज्ञप्तीमा भनिएको छ ।

निर्णयहरु नसच्याए शसक्त संघर्षमा उत्रन बाध्य हुने चेतावनी समेत दिन दिइएको छ ।

वि.सं.२०७७ भदौ १६ मंगलवार १४:०५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...