back
CTIZAN AD

कोरोना महामारीका बीच पनि नेपालको अर्थतन्त्रमा देखियो सुनौलो संकेत, आयात घट्यो, निर्यात बढ्यो

वि.सं.२०७७ भदौ १६ मंगलवार

831 

shares

काठमाडौं । कोरोना महामारीले विश्वव्यापी रुपमै आर्थिक मन्दि छाईरहेको बेला नेपालको अर्थतन्त्रमा भने सकारात्मक संकेत देखिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो वर्षभन्दा यस वर्ष आयात घट्दै निर्यातमा बृद्धि भएको छ । तथ्यांकअनुसार गत वर्षको साउनको तुलनामा चालु वर्षको सोहि अवधिमा २२.१७ प्रतिशतले व्यापार घाटा घटेको छ ।

आयात १९.६० प्रतिशतले घट्यो, निर्यात ८.९० प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको पहिलो महिनामा कूल आयत ८५ अर्ब ८० करोड ७९ लाख ८९ हजार १८८ रुपैंयाँ बराबरको वस्तु तथा सेवाको आयत भएको छ । त्यस्तै ९ अर्ब ६२ करोड ४८ हजार ८४८ रुपैंयाँ बराबरको निर्यात भएको छ । यो आधारले हेर्दा साउन महिनामा ७६ अर्ब १८ करोड ७९ लाख ४० हजार ३४० रुपैंयाँ बराबरको व्यापार घाटा भएको छ ।

गत बर्षको तुलनामा आयत १९.६० प्रतिशतले घटेको छ । गतबर्ष १ खर्ब ६ अर्ब ७२ करोड ५३ लाख १७हजार ७६१ बराबरको बस्तु तथा सेवाको आयत भएको थियो । त्यस्तै निर्यात तर्फ ८.९० प्रतिशतले बृद्धिभएको छ । गतबर्ष ८ अर्ब ८३ करोड ७० लाख ८५ हजार ५८३ रुपैंयाँ बराबरको बस्तु तथा सेवाको निर्यात भएको थियो ।

साउन महिनामा व्यापार घाटा पनि घटेको छ । गत बर्षको साउनको तुलनामा चालु बर्षको सोहि अबधिमा २२.१७प्रतिशतले व्यापार घाटा घटेको छ । गतबर्ष साउनमा ९७ अर्ब ८८ करोड ८२ लाख ३२ हजार १७७ रुपैंयाँ व्यापार घाटा भएको छ ।

तर, कृषिप्रधान मुलुकमा कृषिजन्य वस्तुको आयात उच्च

साउनमा आयत गरिएका वस्तुमध्ये सदा झैं पेट्रोलियम र गाडी तथा गाडिका पार्टपुर्जाको आयतको हिस्सा उच्च भए पनि नेपालमा नै उत्पादन गरिने मुख्य खाद्य वस्तुको अयत उच्च छ ।

तीमध्ये साउन महिनामा धान र चामल मात्रै ३ अर्ब ४७ करोड ९७ लाख रुपैंयाँको आयत भएको छ भने १ अर्ब ३५ करोड २५ लाख बराबरको मकै आयत गरिएको छ । त्यस्तै ५३ लाख ४५ हजार रुपैंयाँको कोदो मात्र आयत गरिएको छ ।

यसरी हेर्दा अफैले उत्पादन गरेर आत्मनिर्भर हुन सक्ने वस्तुहरुको आयत अहिले पनि उच्च छ । अहिले मकै भर्खरै भित्राएको अवस्थामा पनि १ अर्बभन्दा बढीको मकै आयत गरिएको छ । यसले नेपालको अर्थतन्त्र अझै पनि परनिर्भरताको बाटोमा नै अगाडी बढाई रहेको देखाउँछ ।

वि.सं.२०७७ भदौ १६ मंगलवार १५:४८ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...