back
CTIZAN AD

३ घण्टाको बीचमा तीनजनाको मृत्यु भएपछि भरतपुर अस्पतालले गर्यो यस्तो अनुरोध

वि.सं.२०७७ भदौ १६ मंगलवार

774 

shares

१६ भदौ, काठमाडौं । भरतपुर अस्पतालमा एकैदिन तीनघण्टाको बीचमा तीनजनाको मृत्यु भएको छ ।

मंगलबार उपचारका लागि अन्य अस्तालबाट रेफर गरिएका भरतपुर महानगरपालिका ११ का ६५ वर्षीय पुरुष, खैरनी १३ की ५५ वर्षीया महिला र भरतपुर महानगरपालिका ११ कै १८ वर्षीया महिलालाई निजी अस्पतालबाट गम्भीर अवस्थामा रेफर गरिएको थियो । तर, अस्पतालमा ल्याइएको केही समयमा नै उनीहरुको मृत्यु भएको र उनीहरु तीनैजनामा कोरोना संक्रमण भएको पुष्टि भएको पनि अस्पतालले जनाएको छ ।

अस्पतालले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै ६५ वर्षीय पुरुषलाई कोभिड परीक्षणका लागि मंगलबार दिउँसो १ बजे, खैरेनी १३ की महिलालालाई दुईदिनको उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार बिहान ७ बजे अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याइएको थियो भने भरतपुर महानगर ११ की १८ वर्षीया महिललाई पनि निजी अस्पतालबाट श्वास प्रश्वासमा गम्भीर कठिनाई भएपछि बिहान ११ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो ।

‘वहाँहरु तीनैजनाको अवस्था आकस्मिक कक्षमा आइपुग्दा ज्यादै गम्भीर, श्वास प्रश्वासमा धेरै कठिन र रगतमा अक्सिजनको मात्रा ज्यादै न्युन रहेको थियो,’ अस्पतालद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘तत्कालै आइसीयु, भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने तीनैजनलाई यस अस्पतालमा आइसीयु बेड र भेन्टिलेटर खाली नभएको र अन्यत्र समन्वय गर्दा कुनैपनि अस्पतालमा खाली नभएको भन्ने जानकारी प्राप्त भएपछि यसै अस्पतालमा उपलब्ध साधन र जनशक्ति मार्फत् आकस्मिक कक्षमै उपचारका लागि हदैसम्मको प्रयास गर्दागर्दै ५५ वर्षीया महिलाको १ः३० बजे, ६५ वर्षीय पुरुषको १ः४५ बजे र १८ वर्षीया महिलाको ३ः३० बजे दुःखद निधन भयो ।’

अस्पतालले निज तीनैजनाको मंगलबार नै कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको जनाएको छ ।  अस्पतालले यस्ता गम्भीर प्रकृतिका विरामीहरु एउटा अस्पतालमा उपचारमा रहेको अवस्थामा बिना जानकारी अन्यत्र रेफर गर्दा विरामीले समयमै उपचार नपाउनुका साथै अनावस्यक दुःख पाउने र विरामीको ज्यान समेत जान सक्ने अवस्थालाई मध्येनजर गर्दै आगमी दिनमा प्रभावकारी समन्वय पश्चात मात्र विरामी रेफर गरिदिन समेत अस्पतालहरुमा अनुरोध गरेको छ ।

भरतपुुुर अस्पतालका डाइलासिस युनिटका चिकित्सक र नर्सहरुमा कोरोना संक्रमण

वि.सं.२०७७ भदौ १६ मंगलवार १४:५४ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...