back
CTIZAN AD

अख्तियारले ७ दिने सूचना निकाल्दै हाजिर हुन बोलाए पछि मिश्रले भने, ‘म भागेर आएको होइन, अनुसन्धानमा पूर्णं सघाउँछु’

वि.सं.२०७७ भदौ १७ बुधवार

897 

shares

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको मोलमोलाई गरेको अडियो रेकर्ड सार्वजनिक गर्ने विजयप्रकाश मिश्रले अख्तियारको अनुसन्धानमा पूर्णं सहयोग गर्ने कुरा सार्वजनिका गरेका छन् । कतिपय सञ्चार माध्यमले अनुसन्धान सुरु भएपछि ‘मिश्र भागेको’ भनि समाचार प्रकाशित गरिरहेका बेला उनले विज्ञप्ती नै निकालेर आफुँ रेर्कडिङ्ग डिभाइस लिन जापान गएको बताएका छन् ।

अख्तियारले ७ दिनभित्र हाजिर हुन भन्दै सूचना सार्वजनिक गरेपछि मिश्रले आफुँ जापान आएको र नेपाल फर्कने फ्लाईट निश्चित भएको बताएका छन् । उनले आफुँ रेर्कडिङ्ग डिभाईस लिन नै जापान आएको कुरा उल्लेख गरेका छन् ।

‘अख्तियारको पत्रको आधारमा रेकर्डिङ्ग डिभाइस मैंले अख्तियारलाई बुझाउनु पर्ने र त्यो डिभाइस जापानमा भएको हुँदा डिभाइस लिन म जापान आएको हुँ’ विज्ञप्तीमा मिश्रले भनेका छन्, ‘मेरो नेपाल फर्कने फ्लाईट निश्चित भैसकेको अवस्थामा भागेर जापान गयो भन्ने समाचार सम्प्रेषण गर्नु भनेको आफुँले गरेको पत्रकारितामाथि विश्वास नगर्नु हो ।’

मिश्रले छानविन प्रक्रियालाई सहयोग गर्न आफुँ प्रतिबद्ध रहेको पनि बताएका छन् । उनले भनेका छन्, ‘हाल यस प्रकरण हेर्ने अधिकृत सरुवा भई नयाँ अनुसन्धान अधिकृतको पदस्थापना भएको कुरा पत्रपत्रिकाबाट मैंले जानकारी पाएको हुँ । मलाई आशा छ, उहाँहरुले मलाई सम्र्पक गर्नुहुनेछ वा म आफैंले पनि उहाँहरुसँग सम्पर्क गरि यस राजनीतिक खोल ओढेको सेक्यूरिटी प्रेस खरिद प्रकरणको छानविनलाई आवश्यक सहयोग गर्ने नै छु ।

सम्बन्धित समाचार

सेक्युरिटी प्रेस काण्डमा मिश्रलाई अख्तियारको ७ दिने सूचना

वि.सं.२०७७ भदौ १७ बुधवार १२:०८ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...