back
CTIZAN AD

श्रम स्वीकृतिका लागि एनओसी अनिवार्य पेश गर्नुपर्ने

वि.सं.२०७७ भदौ १७ बुधवार

780 

shares

१७ भदौँ, काठमाडौँ । वैदेशिक रोजगारमा जानेहरुको श्रम स्वीकृतिका लागि नो अब्जेक्सन लेटर(एनओसी) अनिवार्य रुपमा पेश गर्नुपर्ने भएको छ ।

वैदेशिक रोजगार कार्यालय, ताहाचलले सूचना जारी गर्दै वैदेशिक रोजगारका लागि श्रम स्वीकृतिका लागि रोजगारदाता कम्पनीले जारी गरेको नो अब्जेक्सन लेटर सम्बन्धित नेपाली दूतावासबाट प्रमाणीत गराई पेश गर्नुपर्ने जनाएको हो ।

मन्त्रीपरिषद् बैठकले श्रमिक लैजान तयार भएका मूलुकमा श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनमा ल्याउने क्रममा सम्वन्धित रोजगारदाता मुलुकको रोजगारदाताको नो अब्जेक्सन लेटर अनिवार्य गरिएको हो ।

कार्यालयले २०७६ फागुन २९ गते अघि प्रमाणित मागपत्र प्रमाणित भई पूर्व स्वीकृति लिएकाको हकमा अन्तिम श्रमस्वीकृति लिनका लागि र पूर्व स्वीकृति लिने प्रकृयामा रहेका र नयाँ मागपत्रको हकमा समेत गन्तव्य मुलुकको रोजगारदाताले हालै जारी गरेको एनओसी सम्बन्धित नेपाली दूतावासबाट प्रमाणीत गराई अनिवार्य रुपमा पेश गर्नुपर्ने उल्लेख गरेको छ ।

नयाँ व्यक्तिगत श्रम स्वीकृतिका हकमा गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाताको आधिकारीक ईमेलमार्फत हालै जारी गरिएको नो अब्जेक्सन लेटर वैदेशिक रोजगार कार्यालयको आधिकारीक इमेलमा प्राप्त भएको हुनुपर्ने जनाएको छ ।

मन्त्रीपरिषद् बैठकले श्रमिक लैजान तयार भएका मूलुकमा श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनमा ल्याउने क्रममा सम्वन्धित रोजगारदाता मुलुकको रोजगारदाताको नो अब्जेक्सन लेटर अनिवार्य गरिएको हो ।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले गत २९ फागुनदेखि वैदेशिक रोजगारीमा जाने कामदारको सबै श्रम स्वीकृति बन्द गरेको थियो । पुनः श्रम स्वीकृति १८ असारमा खुलाइए पनि नयाँ श्रम स्वीकृति खुला गरिएको थिएन ।

वि.सं.२०७७ भदौ १७ बुधवार १८:२९ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...