back
CTIZAN AD

बालुवाटारमा ओली–प्रचण्ड, को जाला राष्ट्रिय सभामा ?

वि.सं.२०७७ भदौ १७ बुधवार

681 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । नेकपाभित्र राष्ट्रिय सभा सदस्यमा कसलाई लैजाने भन्ने विषय पेचिलो बनिरहेका बेला दुई अध्यक्षबीच भेटवार्ता भएको हो ।

जनाइएअनुसार भेटवार्तामा राष्ट्रिय सभामा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई लैजाने कि हालका अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने बारे दुई अध्यक्षबीच छलफल भईरहेको छ । प्रचण्ड निकट स्रोतले बताएअनुसार दुई अध्यक्षबीच आजको भेटवार्तामा कार्यदलले बुझाएको प्रतिवेदन बारे पनि छलफल हुँदैछ ।

कार्यदलको प्रतिवेदन र समसामयीक विषयमा निर्णय गर्न भोली (बिहिबार) नेकपाले सचिवालय बैठक डाकेको छ । जनाइएअनुसार सचिवालय बैठकका एजेण्डबारे पनि दुई अध्यक्षले आज निर्णय गर्नेछन् ।

पार्टीविवाद समाधान उन्मुख भईरहेको बेला पार्टी उपाध्यक्षसमेत रहेका नेता गौतमले राष्ट्रिय सभा सदस्यमा आफुँलाई अनिवार्य लैजानुपर्ने अडान राखेसँगै नेकपाभित्र पुनः नयाँ बबण्डर सुरु भएको छ । प्रधानमन्त्री ओलीले हालका अर्थमन्त्रीसमेत रहेका खतिवडालाई नै निरन्तरता दिने योजना बनाईरहेका बेला गौतमको अडानले विवाद पेचिलो बन्दै गएको देखिन्छ ।

बिहिबार बस्ने सचिवालय बैठक पनि गौतमको अडानको कारण प्रभावित हुनसक्ने आकंलन गरिएका बेला दुई अध्यक्षबीचको भेटलाई अर्थपूर्णं रुपमा लिइएको छ । यसअघि ०७६ फागुन १४ मा बसेको सचिवालय बैठकले बामदेव गौतमलाई नै राष्ट्रिय सभा सदस्यमा लैजाने सर्वसम्मत निर्णय गरेको थियो ।

वि.सं.२०७७ भदौ १७ बुधवार १८:२४ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...