back
CTIZAN AD

यस्तो छ तपाईको आज (विहिबार)को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?

वि.सं.२०७७ भदौ १८ बिहीवार

651 

shares

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ला। दिगो काम थालनी गर्न भने सकिनेछ । प्रयत्न गर्दा यात्राको अवसर जुट्नेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । स्रोत–साधन जुट्नाले दैनिकीमा समेत परिवर्तन आउनेछ । मध्याह्नदेखि थप उपलब्धिका स्रोत फेला पर्नेछन् । कामले धेरैको मन जित्न सकिनेछ । मिहिनेतले कीर्तिमानी दिलाउनेछ । पेसामा प्रशस्त फाइदा हुनेछ । पुरुषार्थी काम गर्ने अवसर जुट्नेछ । सानो प्रयासले ठूलो काम बन्नेछ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अस्वस्थताले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । पहिलेको कामलाई निरन्तरता दिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् । मध्याह्नदेखि स्थितिमा सुधार आउनाले लाभ हुनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ । दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । मिहिनेतको प्रतिफल भने राम्रै प्राप्त हुने समय छ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पा
प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ । तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ । मध्याह्नपछि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन् । मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ । अध्ययनमा प्रगति हुनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । प्रयत्न गर्दा विशेष काममा जग बसाउने मौका छ । दिउँसोदेखि भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर लाभ उठाउन सकिनेछ । प्रतिपक्षीहरू बाधक देखिए पनि उनीहरूलाई समेटेर काम बनाउन सकिनेछ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिनेछन् । मध्याह्नपछि कामका अवरोध हट्नेछन् भने विभिन्न अवसर पनि प्राप्त हुनेछन् । अध्ययनमा प्रगति हुनेछ । सानो प्रयत्नले दिगो प्रभाव हुने काम गर्न सकिनेछ । गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भ
सम्भावना देखिए पनि उपलब्धि हातपार्न समय लाग्नेछ । काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि जुट्नुपरे पनि मध्याह्नअघि विशेष फाइदा उठाउन सकिनेछ । साँझतिर परिवारजनमा केही असमझदारी बढ्न सक्छ। साथीभाइ टाढिनेछन् ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। तर मध्याह्नतिर केही काम दोहोर्याउनुपर्ला । सरोकार नभएका विषयमा चासो राख्दा समस्यामा परिएला । उद्योग र व्यापारमा प्रगति हुनेछ । दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन् । बलभन्दा बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेतीहरूका लागि उत्साहवर्द्धक समय छ । ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । दिउँसोदेखि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । मनग्गे अर्थ सञ्चय गर्ने समय छ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
खर्च लागे पनि कामतर्फ सकारात्मक संकेत प्राप्त हुनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउन सकिनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ ।

वि.सं. २०७७ भदौ १८ बिहीवार (इ.स. २०२० सेप्टेम्बर ३)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

यस्तो छ तपाईको आजको राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई छ त शुभ ?

वि.सं.२०७७ भदौ १८ बिहीवार ०८:०५ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...