back
CTIZAN AD

जबरजस्ती निष्कासनमा परेका कान्तिपुरकर्मीको आन्दोलन, दोस्रो दिन सबैले बाँधे कालोपट्टी

वि.सं.२०७७ भदौ १८ बिहीवार

720 

shares

काठमाडौं । आन्दोलनको दोश्रो दिन आज कान्तिपुर मिडिया ग्रुप अन्तर्गतका देशैभरका पत्रकार तथा कर्मचारीहरुले कालो पट्टि बाँधेर आन्दोलन जारी राखेका छन् । कान्तिपुर टेलिभिजनमा ३ जना कर्मचारीलाई निष्कासित गर्नुका साथै ऐेन अनुरुपका सेवासुविधाबाट बञ्चित गर्नुका साथै जबर्जस्ती बिदामा राख्ने, राजिनामा दिन दवाव दिइएको विरुद्ध १६ गतेदेखि कान्तिपुरमा टेलिभिजनका पत्रकार र कर्मचारी आन्दोलित छन् ।

कान्तिपुर मिडिया ग्रुप अन्तर्गतको कान्तिपुर टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकार गैरकानुनी रुपमा निकाल्न थालेपछि टेलिभिजन संवद्ध कर्मचारी संघलगायतले आन्दोलन सुरु गरेका हुन् । नेपालमा सवैभन्दा बढि आर्थिक कारोवार गर्ने मिडिया कान्तिपुर मिडिया ग्रुपमा आर्थिक घराना लगायत गैर नेपाली संघका पूर्व पदाधिकारीको समेत लगानी रहेको छ ।

सो टेलिभिजनले गैरकानुनी रुपमा कर्मचारी निकाल्ने, श्रमजीवी ऐन लागु नगर्ने तथा सरकारले जारी गरेको निर्देशिका समेत पालना नगरेको आरोप लगाउदैं कान्तिपुर मिडिया अन्तरर्गतको कर्मचारी यूनियन आन्दोलनमा उत्रेको हो । टेलिभिजन स्रोतका अनुसार नियमित टेलिभिजनको काममा खटिएका ४० बढि श्रमजीवी पत्रकारलाई ब्यवस्थापनले कामबाट निस्कन दवाब दिएको छ ।

गत मंगलबार कान्तिपुर टेलिभिजन कर्मचारी संघले ११ बुँदे माग राख्दै आन्दोलन सुरु गरेका थिए । यसअघि कान्तिपुर मिडिया ग्रुप अन्तर्गत कान्तिपुर पत्रिका, नेपाल र साप्ताहिकमा दशकसम्म काम गरिरहेका पत्रकारहरुलाई जबर्जस्ती राजिनामा दिन बाध्य पारिएको थियो भने धेरैलाई बेतलवी बिदामा राख्ने काम भएपछि एक महिनाअघि गेटमै धर्ना दिनेदेखि २/२ रूपैयाँ उठाएर व्यवस्थापनलाई बुझाउने ब्याङ्ग्यात्मक आन्दोलन पनि भएको थियो ।

अहिले टेलिभिजनमा कान्तिपुर मिडिया ग्रुप तथा टेलिभिजन ब्यवस्थापनसंग अन्यायपूर्ण रुपमा जागिरबाट निकालिएका पत्रकार तथा कर्मचारीलाई पुर्नवहाली गर्न माग गरेको छ । सो आन्दोलनप्रति क्रान्तिकारी पत्रकार संगठन, नेपाललगायतले ऐक्यबद्धता जनाएका छन् । संघका उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका जन्मदेव जैसीले कान्तिपुर टिभिको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनको तयारी र योजना निर्माणमा सघाउँदै आएका छन् । यसअघिको आन्दोलनमा पनि जैसीको प्रभावकारी भूमिका रहेको थियो ।

अहिले कान्तिपुर टेलिभिजन कर्मचारी संघका कार्यवाहक महासचिव राजन तामाङ, केन्द्रीय सदस्य प्रकाश थापा र रवीन्द्रध्वज शाहलाई कामबाट निकालिएको छ । भने अन्य कर्मचारीलाई काम छाडन दवाब दिइएको छ । संघकी अध्यक्ष निर्मला बस्नेतद्वारा मंगलबार जारी गरेको विज्ञप्तिमा, जवरजस्ती कामबाट निकालिएका श्रमजिवी पत्रकार तत्काल पुर्नवहाली गर्न, संघका माग कार्यान्वयन गर्न, श्रमजिवि पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर्न माग गरिएको छ ।

त्यस्तै टेलिभिजनमा कार्यरत पत्रकार तथा कर्मचारीको सामाजिक सुरक्षाको भत्ताको तत्काल कार्यान्वयन गर्न, कोरोना संक्रमणका बेला सरकारले श्रमजिवि पत्रकार तथा कर्मचारीहरुको रोजगारी सुनिश्चितका लागी जारी गरेको निर्देशीका पूर्ण कार्यन्वयन गन माग गरिएको छ ।

संघले नियमित काममा लागि फिल्डमा खटिएका पत्रकारको लागि संक्रमण जोगिन न्युनतम स्वास्थ्य उपकरणको ब्यवस्थापनगर्न, कर्मचारीको हक हितमा खटिएका पदाधीकारीलाई कामबाट निकाल्ने काम अन्त्य गर्न माग गरेको छ । संघले टेलिभिजनमा लामो समय देखि अस्थाई रुपमा काम गरिरहेका पत्रकार तथा कर्मचारीलाई तत्काल स्थायी गर्न, श्रमजिवि पत्रकार तथा कर्मचारी माथी भैरहेको श्रम शोषण र अत्याचार बन्द गर्न माग गरेको छ ।

त्यस्तै काममा खटिएका कर्मचारीलाई पुर्व जानकारी विना कामबाट हटाउने कार्य बन्द गर्न तथा आधिकारीक प्रतिष्ठान कान्तिपुर टेलिभिजन कर्मचारी संघलाई आधिकारीक रुपमा काम गर्ने काम गर्ने वातावरण बनाउँन माग राख्दै आन्दोलन सुरु गरिएको छ ।

रोजगारीबाट निकाल्ने भनेर मौखिक जानकारी गराइएका कर्मचारीहरुको रोजगारीको निरन्तरता र सुनिश्चितता गर्न व्यवस्थापन समक्ष माग गरेको छ । संघले ब्यवस्थापनसंग राखेका माग तत्काल पुरा नगरे बाध्यात्मक आन्दोलनको कारणबाट सिर्जना हुन सक्ने घटना र परिणामबारे व्यवस्थापन स्वयं जिम्मेबार हुने समेत चेतावनी दिएको छ ।

वि.सं.२०७७ भदौ १८ बिहीवार १०:५८ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...