१८ भदौ, काठमाडौँ । पूर्व मुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेलले सरकारप्रतिको विश्वास गुम्न नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञाको आदेशको बुँदा नं २ मा उल्लेख निर्णयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउँदै कार्यान्वयन गर्न कठिन हुने र जनताको विश्वास गुम्ने निर्णय नगर्न भनेका छन् ।
जारी आदेशको बुँदा नं २ मा ‘अत्यावश्यक सेवा तथा कामका लागि समेत १२ वर्ष मुनिका बालबालिका, ६० वर्ष माथिका जेष्ठ नागरिकहरु एवम् दीर्घ रोग भएका जुनसुकै उमेरका मानिसहरु घरबाट बाहिर निस्कन’ निषेध गरिएको विषय सरकारले विचार गरेरै निर्णय गरेको होला भन्ने उनले विश्वास व्यक्त गरेका छन् ।
विचार नगरी ल्याइएको भए त्यसले सरकारको अन्य निर्णयप्रति जनताको विश्वास गुम्ने र कार्यान्यन गर्न पनि कठिन हुने तर्फ सरकारको ध्यानाकर्षण गरेका छन् ।

वि.सं.२०७७ भदौ १८ बिहीवार १४:११ मा प्रकाशित





























