back
CTIZAN AD

भिसी तुलबहादुर पुनका नाममा बेलायतमा रेल सेवा

वि.सं.२०७७ भदौ १८ बिहीवार

681 

shares

१८ भदौ, लण्डन । बेलायतको एक रेल सेवा ग्रेट वस्टन रेलवेले भिक्टोरिया क्रसप्राप्त स्वर्गीय तुलबहादुर पुनको नाममा रेलसेवा नामकरण गर्ने भएको छ । दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्ष पुगेको उपलक्ष्यमा उनको सम्मानस्वरूप नाम उल्लेख गर्ने उक्त रेलसेवाले जानकारी दिएको छ ।

दोस्रो विश्वयुद्धमा आफ्नो बहादुरी देखाएका पुन भिसी पाउँदा केवल २१ वर्षका थिए । उक्त रेलसेवाका सञ्चार शाखाका एक अधिकृत डान पान्सले यसअघि अन्य व्यक्तिहरूलाई सम्मान गरिसकेको र यो पटक तुलबहादुर पुनलाई सम्मान गर्ने बताए । उनले पुनलाई सम्मान गर्न पाउँदा हर्षित भएको बताए ।

गोर्खा वेलफेयर ट्रष्टका एडम वेन्थमले गोर्खा सैनिकले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले बर्मामा मात्रै सात वटा भिसी प्राप्त भएको भन्दै भिसी पाउनेमा तुलबहादुर पुन पनि एक रहेको उल्लेख गरे । उनले भने, “हाम्रो देशले गोर्खाहरूको धेरै ऋण तिर्न बाँकी छ, यो सम्मानलाई सच्चा सम्मानका रूपमा लिएका छौँ ।”

गोर्खाहरूको मागलाई बेलायत सरकारसामु राखी त्यसलाई निरन्तररूपमा दवाब दिने ट्रष्टका संरक्षक जोअना लुम्लेले आफ्ना बुबासँग बर्मामा एकसाथ लडेका भिसी तुलबहादुर पुन र लछिमान गुरुङसगँको भेट कहिलै भुल्न नसक्ने र स्वतन्त्रताका लागि आफ्नो जागिरभन्दा माथि उठेर गरेको योगदानप्रति बेलायतीहरू ऋणी रहेको बताइन् ।

जीवनको पछिल्लो समय पुनले भूपू गोर्खाहरूको परिवारलाई बेलायतमा बस्न दिनुपर्छ भन्ने अभियानको नेतृत्व गर्ने लुम्लेसँगै अग्रपङ्तिmमा रहेर काम गरेका थिए । पुनको जन्म २३ मार्च १९२३ मा म्याग्दी जिल्लामा भएको थियो भने मृत्यु २० अप्रिल २०११ मा पर्वतमा भएको थियो । रासस

वि.सं.२०७७ भदौ १८ बिहीवार १४:१३ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...