back
CTIZAN AD

सरकार नै जनताको विरुद्धमा सक्रिय भएको राप्रपा अध्यक्षको आरोप

वि.सं.२०७७ भदौ १८ बिहीवार

681 

shares

१८ भदौ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका(राप्रपा) अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकार नै जनताको विरुद्धमा सक्रिय भएको आरोप लगाएका छन् ।

पत्रपत्रिकामा आएका समाचारका आधारमा उनले सरकारले जनताको काम गर्न नसकेको भन्दै ‘अब तपाई भन्नुस नेपाली जनताको बिरुद्ध नेपालमा को सक्रिय छ ?’ भन्ने प्रश्न गरेका छन् ।

उनी भन्छन् :
तपाई आजको राष्ट्रिय छापाहरु हेर्नुहोस्
१) काठमाडौँ मा जति सुकै बेसर पानी पिए पनि कोविड संक्रमण बढ्दै छ र काठमाडौँ मा बन्देज कायम छ । तर नेपालका गरिब किसानहरु केहि केजी मलको लागि भिडम भिड गरेर लाममा घन्टौ बस्न बाध्य छन्। तैपनि मल छैन तर बच्नको लागि कोविड को जोखिम मोल्न जनता बाध्य छन् । यस बारे सरकार लाई वास्ता छैन । तरको अर्थमन्त्री हुने भन्ने कुरो नै सबैभन्दा प्राथमिकतामा परेछ ।

२) कोविडको महामारी भारतमा छ । तर, सुदुर पस्चिमान्चल बाट हजारौ युवा हरु कोरोन पिडित भारतमा जाँदै गरेको तस्बिर आजका छापाहरुमा छन् । डाक्टर हेम राज पन्त ले भने जस्तो यो भन्दा लज्जास्पद कुरो के हुन्छ ? संकटमा परेको क्षेत्रका जनताको लागि कामको लागि खाद्यान्न व्यवस्था गरि देश भित्रै बच्ने बाताबरण किन बनाउन नसकेको ? के यो देशमा सरकार छ कि लुट को राज्य छ ?

३) एकातिर पैसाको अभाव भनिन्छ भने अर्काे तिर मुवाब्जासम्म वितरण नगरी कानुन बिपरित तिस अरब को रेल बनाउने ठेक्का मिलोमतो मा बाडीना लाग्यो भन्ने खबर ब्याप्त छ । तर सरकार मौन छ हरियो मकै बारी मा पसेको साढे जसले जे गरे पनि मकै खान नछोड्ने जस्तो उसको चरित्र छ ।

अब तपाई भन्नुस नेपाली जनताको बिरुद्ध नेपाल मा को सक्रिय छ ?

वि.सं.२०७७ भदौ १८ बिहीवार १४:३९ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...