back
CTIZAN AD

रथयात्रामा प्रहरी हस्तक्षेप, पुल्चोक क्षेत्र तनावग्रस्त

वि.सं.२०७७ भदौ १८ बिहीवार

726 

shares

काठमाडौं । निषेधाज्ञाको बीच स्थानीय र गुठीयारहरुले रातो मछिन्द्रनाथको रथ तान्न थालेपछि ललितपुरको पुल्चोक क्षेत्रमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले हस्तक्षेप गर्दा स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ । अहिले उक्त क्षेत्र तनावग्रस्त छ ।

प्रहरीले रथ तान्न रोकेपछि स्थानीयहरु विरोधमा निस्किएका थिए । प्रहरीको अवरोधका बीच स्थानीयले रथ तान्न थालेपछि प्रहरीले भीडलाई पानीको फोहोरा प्रयोग गरेर तितरबितर गराएको थियो । प्रहरी हस्तक्षेपमा आक्रोशित स्थानीयले ढुंगा प्रहार गरेका थिए ।

स्थानीयहरुले रथलाई सडकको बीचमा पुर्याएका थिए । रथ अहिले सडक बीचमा छ । सडकमा ठूलो संख्यामा प्रहरी घेरा हालेर बसेका छन्।

मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बंगुमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा तोडेर रथ तानेको हुन् । गत वैशाख १८ र १९ मा तान्नुपर्ने रथ कोरोना महामारीका कारण रोकिएको थियो । निषेधाज्ञा भएपनि मलमास आउन लागेको भन्दै दबाब बढेपछि रथ तान्न सुरु गरिएको हो ।

वि.सं.२०७७ भदौ १८ बिहीवार १५:१८ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...