back
CTIZAN AD

मन्त्री पोखरेलका महत्वपूर्ण २८ कामहरु, चिकित्सा शिक्षा आयोग गठन देखि अन्तरिक्षमा नेपालको पहिलो स्याटलाईट प्रक्षेपणसम्म

वि.सं.२०७७ भदौ १८ बिहीवार

1.2K 

shares

१८ भदौ, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालय सम्हाले देखि (२०७५ चैत्र २ गते देखि) हालसम्म गरेका शिक्षा क्षेत्रमा महत्वपूर्ण कामहरु गरेका छन् ।

शिक्षा मन्त्रालयले मन्त्री पोखरेलले जिम्मेवारी सम्हाले देखि यताका २८ वटा महत्वपूर्ण कामहरु सार्वजनिक गरेको छ ।

यी हुन् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलद्वारा भएका महत्वपूर्ण कामहरु :

१) अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी गरि कार्यान्वनमा रहेको छ। यसले शिक्षा सम्बन्धि मौलिक हक कार्यान्वयन गर्छ ्र नियमावली मन्त्रिपरिषदमा अन्तिम तयारीमा छ ।

२) चिकित्सा शिक्षा ऐन २०७५ जारी गरिएको र यसको आधारमा चिकित्सा शिक्षा आयोग नै गठन भैसकेको छ । नियमावली पनि जारी भैसकेको छ । चिकित्सा शिक्षाको ७५ प्रतिशत छात्रवृति कार्यान्वयन गरिएको ।

३) रेडियोधर्मी पदार्थको प्रयोग तथा नियम सम्बन्धि ऐन २०७६ जारी गरि कार्यन्वयनको चरणमा रहेको यसले मानब तथा वातावरणमा रेडीयसनले पार्न सक्ने नकारात्मक असरलाई नियन्त्रण गर्छ र रेडीयसनको सुरक्षित उपयोग गरि बिज्ञान प्रविधिको बिकासमा सहयोग पुराउने छ ।

४) राष्ट्रिय योग्यता प्रारूप (National Qualification Framework)  मन्त्रिपरिषदबाट पारित गरि सो को आधारमा कानुन र संरचना निर्माणको काम भैरहेको छ । यसले औपचारिक शिक्षा पद्धतिका साथै अनौपचारिक तथा जीवन अनुभवबाट सिकेका ज्ञान, सीप तथा योग्यताको वर्गीकरण, परीक्षण एवम् प्रमाणीकरण गर्ने छ, एक प्रकारको शिक्षाको धारबाट अर्को प्रकारको धारमा जान पाउने व्यवस्था सुनिश्चित गर्नेछ, विभिन्न शैक्षिक निकायद्वारा निर्धारित योग्यताको समकक्षता, प्रत्यायन, क्रेडिट निर्धारण तथा स्थानान्तरण गरि शैक्षिक न्याय सिर्जना गर्न भूमिका खेल्ने छ ।

५) राष्ट्रिय शिक्षा नीति २०७६ जारी गरि कार्यान्वयनमा रहेको यो नेपालको पहिलो एकीकृत शिक्षा नीति हो ।

६) बिज्ञान, प्रबिधि तथा नबप्रर्वतन नीति २०७६ जारी गरि कार्यान्वयनमा रहेको छ । यसले यो युगको नविनतम प्रबिधि र नवप्रर्वतनलाइ आत्मासाथ गरेको छ ।

७)  दिगो विकास लक्ष्य नम्बर ४ (SDG-4) को राष्ट्रय कार्यढाचा जारी गरिएको यसले सन् २०३० सम्ममा शिक्षा सम्बन्धि बिस्वसमुदायसंग गरेका प्रतिबद्दता कसरि पुरागर्ने भन्ने कार्ययोजना हो । यो दक्षिण एशियाली देशको पहिलो हो ।

८) बिद्यालय शिक्षाको नया पाठ्यक्रम प्रारूप२०७६ जारि गरिएको छ यो नेपालको दोस्रो पाठ्यक्रम परारूप हो । आब यसै आधारमा नया पाठ्यक्रम निर्माण हुनेछन । कक्षा १ देखि १२ सम्मको सम्पुर्ण पाठ्यक्रम २०७६ देखि ८० साल सम्म परिबर्तन भएर नया बन्ने छन् । आधारभूत तह १-३ को १२ वटा पाठ्यपुस्तक, कक्षा ४, ५ को १० वटा कक्षा ६,७,८ को २१ वटा, कक्षा ११ को ८१ वटा गरि जम्मा १२४ वटा नया पाठ्यपुस्तक बनिसकेका छन् भने कक्षा ८ सम्मको पुस्तक रंगिन बनाई सकिएको छ । यो वर्ष कक्षा १ र ११ को नया पाठ्यक्रम लागु हुनेछ भने अर्को वर्षा कक्षा २ र १२ को लागु हुनेछ आरु क्रमश : ८० साल सम्म लागु हुँदै जानेछन ।

९) सार्बजनिक विद्यालयको सवलिकरण दशक २०७६ देखि ८० लाइ घोषणा गरि सार्बजनिक शिक्षाको सबलीकरण कार्यक्रम अघि सारिएको छ । यसको लागि हरित बिद्यालय निर्देशिका, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम निर्देशिका २०७६, बिद्यालय मर्जिंग निर्देशिका २०७६, शिक्षकको अभाब पूर्ति गर्ने लक्ष्यसहित स्वयम् सेवक परिचालन कार्यविधि २०७६, सिकाई संगै कमाइ निर्देशिका २०७६, नमुना बिद्यालय छनोट, सार्बजनिक बिद्यालयमा प्राबिधिक धारको कार्यक्रम विस्तार, लगायतका कार्यक्रम अगाडी बढाएको छ ।

१०) विध्यालयमा अध्यनरत सम्पूर्ण छात्राहरुलाई स्यानेटरी प्याड वितरण र कक्षा ५ सम्मका सबै बालबच्चाहरुलाई निशुल्क दिवा खाजाको व्यवस्था गरिएको छ । यसले छात्राहरुलाई महिनावारीको समयमा बिद्यालय छोड्न नपरोस साथै उनीहरुको स्वास्थ्य कुनै असर नपरोस भन्ने हो भने दिवा खाजा बालबालिकाको स्वास्थ, पोषण र विद्यालयमा टिकाउदै विद्यार्थीको सर्वाङ्गिण विकासका लागि हो ।

११) पहिलो पटक अस्थायी शिक्षकको समस्या सदाको लागी ब्यबस्थापन गरिएको छ । अब बिद्यालयमा अस्थायी शिक्षक छैनन् साथै अन्तरिक र खुला गरि २६९६० शिक्षक ब्यबस्थापन गरिएको छ । शिक्षक सेवा आयोगको विज्ञापनलाई नियमित बनाईएको छ ।

१२) शिक्षा सेवा नियमावली २०५७ को दशौ संशोधन गरि शिक्षा छनोटको परिक्षा दुइ चरणमा हुने र प्रथम चरणमा ५० प्रतीशत अंक ल्याए पछी मात्र पास हुने ब्यबस्था गरिएको छ । यसले राम्रो शिक्षक ल्याउन भूमिका खेल्ने छ ।

१३) शिक्षक दरबन्दी पुनर्बितार्णको काम अगाडी बढाईएको छ यसले नेपालमा भएको जम्मा शिक्षक संख्या, सार्बजनिक बिद्यालयमा अध्यान गर्ने विद्यार्थी संख्या र सार्बजनिक विद्यालयको संख्याको अनुपातको आधारमा एउटा स्थानीय तहले पाउने शिक्षक कमी भएमा पठाइदिने बढी भएमा कटौती गरि काम आगाडी बढेको छ ।

१४) माध्यमिक परिक्षामा विधार्थीलाई आफुले प्राप्त गरेको अंक चित्त नबुझेमा उत्तर पुस्तिका पुनः परिक्षण गराउन पाउने ब्यबस्था गरिएको छ ।

१५) सबै स्थानीय तहमा प्रविधिक धारका कार्यक्रम बिस्तार गर्ने योजना अगाडी बढाई हाल सम्म ६३७ स्थानीय तहमा विस्तार गरिसकिएको छ ।

१६) राष्ट्रिय योग अभ्यास प्रोटोकलको पुस्तिका सार्बजनिक गरिएको छ । यो नेपालको पहिले योग अभ्यास प्रोटोकल हो भने ध्यान प्रोटोकल पनि निर्माणको लागि स्वनाम साथीको नेतृत्वको कार्यदलले काम गरिरहेको छ ।

१७) सातै प्रदेसमा कम्तिमा पनि एक एक वटा इनजिनरिंग कलेज पुग्ने गरि प्रक्रिया अघि बढाइएको छ ।

१८) सातै प्रदेसमा कम्तिमा पनि एक एक वटा सरकारी मेडिकल कलेज बनाउने लक्ष्य अन्तरगत सुप प्रदेशको कैलालीमा एउटा मेडिकल कलेज यसको पुर्बधार निर्माणको अन्तिम अबस्थामा पुगेको छ । कर्णाली प्रदेशमा सुर्खेत मेडिकल कलेज, सुर्खेत, प्रदेश ५ को बुटवल मेडिकल कलेजे बुटवल र प्रदेश दुइ अन्तर्गत बर्दिबास मेडिकल कलेजको महोतरीको डीपीआर सम्पन्न भएको छ ।  साथै सबै मेडिकल कलेजलाई एउटा प्रतिष्ठान बनाएर संचालन गर्ने यसले राज्यको खर्च घटाउछ भनेर एकीकृत स्वास्थ्य बिज्ञान प्रतिष्ठान को ऐन निर्माणको लागी धेरै अघि मन्त्रिपरिषदमा प्रस्ताब पठाईएको छ ।

१९) सातै प्रदेस अन्तर्गत एक एक वटा बिशेस बिद्यालय घोषणा गरि पूर्वाधार निर्माणको काम अघि बढिरहेको छ यसले सरिरिक रुपमा असक्त, मानसिक रुपमा असक्त, आखा नदेखने, कान नसुन्ने आदिको लागि शिक्षाको अबसरबाट बन्चित नगर्न सहयोग गर्ने छ ।

२०) नेपालको पहिलो स्याटलाईट अन्तरिक्षमा प्रक्षेपन गरिएको छ यसले नेपालको अन्तरिक्षको यात्रा सुरुवात गरको छ ।

२१) बिधि बिज्ञान प्रयोगशाला सातै प्रदेशमा विस्तार गर्ने कार्यक्रम अन्तरगत प्रदेस दुइ र सुपमा सम्पन्न गरिसकिएको छ । यसले सबै प्रेदेसमा अनुसन्धान सहयोग पुग्न्ने छ ।

२२) कीर्तिपुरमा रहेको संग्रालय संचालनमा ल्याइएको छ। खाली घर मात्र थियो सामानहरु कुनै व्यक्तिको घरमा राखिएको थियो हाल यो संचालन गरिएको छ । त्यहाँ जाने व्यक्तिहरुलाई रोबटले स्वागत गर्ने गर्दछ भने विज्ञानका बिधार्थीहरुका लागि अध्यन अनुगमनकोलागि उपयुक्त ठाउँ बनेको छ ।

२३) मदन भण्डारी बिस्वबिद्यालय स्थापनाका लागि गठन आदेश जारी भइ पूर्वाधार निर्माणको काम अघि बढी रहेको छ भने यसको ऐन प्रतिनिधि सभामा पास हुने क्रममा रहेको छ ।

२४) योगमाया आयुर्बेद बिस्वबिध्यलयको गठन आदेश मन्त्रिपरिषदबाट स्वीकृत भएको छ ऐन राष्ट्रय सभाको बिधान समितिमा आन्तिम आवस्थामा छ ।

२५) मदन भण्डारी प्राऔधोगिक विस्वविध्यालयको गठन आदेस स्वीकृत भइ विकास समिति निर्माण गरिसकियाको छ ।

२६) हाम्रा आदर्श व्यक्तिहरुको सम्झना र सम्मान स्वरूप उहाहरुको नाममा शिक्षालय र प्रतिष्ठानहरु संचालन गरिएको छ । जस्तै निर्मल लामा बहुप्राबिधिक शिक्षालय महोतरी, राम वृक्ष बहुप्राबिधिक शिक्षालय धनुषा, थाहा बहुप्राबिधिक शिक्षालय मकवानपुर, दिवाकर बहुप्राबिधिक शिक्षालय माडी चितवन, सहिद दिनेश रामजी बहुप्राबिधिक शिक्षालय सिन्धुपाल्चोक, सहिद कृष्णसेन बहुप्राबिधिक शिक्षालय दांग, सहिद यज्ञस्वर स्मृति बहुप्राबिधिक शिक्षालय पश्चिम रुकुम, सहिद ब्रिसबहादुर सिंह बहुप्राबिधिक शिक्षालय बझांग, पोस्टबहादुर बोगटी बहुप्राबिधिक शिक्षालय नुवाकोट स्थापना गरिएको ।

२७) तत्कालिन माओबादीले ५ बिकास क्षेत्रमा संचालन गरेका सहिद स्मृति विद्यालयहरु सुनसरी, दोलखा, पोखरा, दांग र डोटीमा प्राबिधिक बिषयहरु पढाउने गरि व्यवस्था गरिएको छ ।

२८) ५४ जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ ।

वि.सं.२०७७ भदौ १८ बिहीवार १५:३४ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...