back
CTIZAN AD

भलिबल संघमा पहिलोपटक महिला अध्यक्ष बन्दै

वि.सं.२०७७ भदौ १९ शुक्रवार

825 

shares

१९ भदौ, काठमाडौं । नेपाल भलिबल संघको आसन्न निर्वाचनबाट पहिलो महिला अध्यक्ष बन्ने सम्भावना बढेर गएको छ ।अहिले संघको उपाध्यक्ष रहेकी निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी दिने रुचि गरे पछि उनी निर्वाचित हुने सम्भावना बढेको हो ।

नेपाल भलिबल संघलाई सरकारले बर्षको उत्कृष्ट खेलकुद संघको रुपमा पुरस्कृत गरेको, संघको हिसाब किताव चुस्त दुरुस्त राखेको तथा ब्यवस्थित र पारदर्शी ब्यबहारमा जोड दिएको कारण पनि मास्के अग्रीम बधाइकी पात्र बनिसकेकी छन् ।

‘केन्द्रिय सदस्य, महिला कमिसनको संयोजक, कोषाध्यक्ष र उपाध्यक्ष गरी झण्डै १२ बर्ष संघमा बिताएको अनुभव तथा सृजनात्मक र रचनात्मक योजनाहरु निर्माण गरी भलिबल क्षेत्रको विकासमा लगाउनका लागि पनि नेतृत्वमा पुग्नै पर्ने भएकोले आगामी निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ ।’ उनले संसारन्युजसँग भनेकी छन् ।

‘भलिबलको ब्यवसायिकताको लागि अहिलेसम्म भएका छलफल र प्रयासलाई लागू गर्ने समय आएकोले पनि भलिबल खेललाई थप र पूर्ण ब्यवसायिक बनाउन पनि धेरै साथीहरुले मलाई उत्साह र प्रेरणा दिइरहनुभएको छ’, आगामी साधारणसभामा उम्मेदवारीको बाताबरण बारे उनले धारणा ब्यक्त गरिन् ।

‘मास्के मिलनसार स्वभावकी रहेको, खेलाडिप्रति उत्तरदायित्व बहन गर्ने संस्कार भएको, केन्द्रिय सदस्य, महिला कमिशनको जिम्मेवारी र कोषाध्यक्ष तथा उपाध्यक्ष रहँदा उनले पुयाएको योगदान तथा उनको स्वभाविक हकका कारण पनि उनलाई अत्याधिक मत आउने सम्भावना छ ’ संघका एक पदाधिकारीले संसारन्युजलाई भने । नेपाल भलिबल संघलाई सरकारले बर्षको उत्कृष्ट खेलकुद संघको रुपमा पुरस्कृत गरेको, संघको हिसाब किताव चुस्त दुरुस्त राखेको तथा ब्यवस्थित र पारदर्शी ब्यबहारमा जोड दिएको कारण पनि मास्के अग्रीम बधाइकी पात्र बनिसकेकी छन् ।

२०७७ जेठ १ गते संघको वर्तमान कार्यसमितिको चार बर्षे कार्यकाल सकिएको भएपनि कोरोना महामारीका कारण सम्पूर्ण खेलकुद गतिविधि बन्द रहदाँ संघले चुनावी साधारण सभाको मिति तय गरेको छैन । राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै नयाँ नियम अनुसार संघहरुको साधारण सभा गराउने राखेपको तयारी छ । यसक्रममा संघको साधारणसभाको औपचारिक घोषणा नभएपनि भलिबल संघको नयाँ कार्यसमितिका लागि आन्तरिक गृहकार्य सुरु भैसकेको छ भने उम्मेदवारीको घोषणा हुन थालेको छ ।

‘पालिका, वडा, टोल र समुदायमा परंपराबाटै स्थापित भएको र नेपालीको जीवन पद्धतिसंगै जोडिएको राष्टिय खेल भलिबलको बिकासलाई नयां उचाइमा उठाएरै छाडने मेरो प्रण छ ’ मास्केले भनिन् ।

संघ बाहिरबाट पनि भबिलल खेललाइ योगदान दिन उनी कम्मर कसेरै लागेकी छन । आफना श्रीमानको नाउमा सञ्जय स्मृति फाउन्डेसन स्थापना गरेकी उनले भलिबल खेलमा योगदान गर्ने दुई जना भलिबल खेलाडीलाई हरेक बर्ष ‘सञ्जय स्मृति प्रतिष्ठान सम्मान’बाट नगद सहित पुरस्कृत गर्दै आएकी छन । यसबाहेक बाढि, पहिरो लगायतका प्राकुतिक बिपत्ति एवं भुकम्प र कोरोना माहामारीमा समेत उनको समाजसेवा उल्लेखनीय रहेको छ ।

अहिलेसम्म मास्केसँगै उपाध्यक्ष रहेका यमबहादुर गुरुङ, महासचिव जितेन्द्रबहादुर चन्दलाई पनि अध्यक्षको आकांक्षीको रुपमा हेरिएको छ । वर्तमान अध्यक्ष मनोरञ्जन रमण शर्माले विश्राम लिने संकेत दिएका कारण पनि निरोजलाइ थप धेरैको समर्थन जुटने अनुमान गरीएको छ । भलिबल संघको पहिलो महिला अध्यक्ष बनेर इतिहांस रच्ने संभावना निकै बलियो बनेको छ ।

वि.सं.२०७७ भदौ १९ शुक्रवार १३:३० मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...