back
CTIZAN AD

कोरोनाको कहरकाबिच विश्वबिद्यालयका प्राज्ञहरुको एकहप्ते कार्यशाला

वि.सं.२०७७ भदौ १९ शुक्रवार

1.1K 

shares

१९ भदौ, काठमाडौं । विश्वव्यापी महामरीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)का कारण सबैभन्दा प्रभावित भएको क्षेत्र शिक्षा क्षेत्र हो । यहि परिबेसलाई मध्यनजरगर्दै विश्व विद्यालयका प्राज्ञहरुले निशुल्क ७ दिने अनुसन्धान सम्बन्धी कार्यशालाको आयोजना गरिरहेछन् ।

वेवनार मार्फत संचालन भईरहेको कार्यक्रममा चारजना अनुसन्धाता प्राध्यापक डाक्टरहरुले आफनो कार्यपत्र प्रस्तुत गरिसकेका छन् भने अन्य केहिले आफ्नो प्रस्तुती दिन बाँकी छ । संचालन भईरहेको सो कार्यक्रमको आयोजक कूनै संस्था भने होईन । त्रिभुवन विश्व बिद्यालयमा अध्यापन गराउने प्राध्यापक डाक्टर दिलनाथ दंगालको एक्लो पहलकदमिमा केहि बिद्यार्थीहरुको सहयोगमा यो कार्यक्रम संचालन भैरहेको छ ।

जारी रहेको वेवनार कार्यशाला कार्यक्रममा प्रमुख अतिथीको रुपमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भिम प्रसाद सुवेदीले एकेडेमिक मन्तव्य दिएका थिए भने प्रा.डा. महानन्द चालिसे, प्रा.डा. शिवराज अधिकारी, प्रा.डा. मनप्रसाद वाग्ले, प्रा.डा.वासुदेव काफ्ले र प्रा.डा.ध्रुब कुमार गौतमले आफ्नो प्रस्तुति दिईसकेका छन । शनिबारको कार्यशालामा रिसोर्स पर्सनको रुपमा प्रा.डा. चैतन्य मिश्र रहने छन ।

कसरी सुरु भयो कार्यक्रम ?

जतिखेर गत चैत्र ११ गते सरकारले लकडाउनको घोषणा गर्यो विद्यालयदेखि विश्वविद्यालयसम्मको पठन पाठन ठप्प प्रायः भयो त्यहिबेलादेखि बिद्यार्थी तथा प्रध्यापकहरुमा निरासा नछाओस भनेर वेवनार मार्फत बिभिन्न खालका शैक्षिक कार्यक्रमहरुको आयोजना गरिएका प्रा.डा. दंगालको भनाई छ । ।

चैत्र १४ गतेबाट संचालन भईरहेको कार्यक्रममा ८१ वटा कक्षाहरु संचालन हुँदा सुरुका दिनहरुमा २ चरणमा संचालन गरिए पनि पछिल्ला दिनहरुमा नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले पनि प्रबिधिक सहयोग गरेपछि ठूलो स्तरको कार्यक्रम गर्न सम्भब भएको प्रा.डा.दंगालको भनाई छ ।

विश्व बिद्यालयले किन यस्ता कार्यक्रम गर्न सक्दैन ?

नेपालको सबैभन्दा जेठो बिश्व बिद्यालयले आफ्नै सर्बर पनि ल्याएको छ । अहिलेको महामारीको बेला बिश्व बिद्यालयले गर्नुपर्ने कार्यक्रम केहि सहयोगिको साथमा एक जनाले गर्नसक्ने तर सिंगै बिश्व बिद्यालयले किन गर्न नसकेको भन्ने हाम्रो जिज्ञासामा त्रिबिका रेक्टर प्रा.डा. शिवलाल भुषालले बिभिन्न काणले बिश्व बिद्यालयले यस्तो कार्यक्रम गर्न नसक्ने अबस्था सिर्जना भएको बताए । उनले सबैको प्रयासले बिश्व बिद्यालय सन्चालन हुने बताउँदै यो एकदम नै उत्कृष्ट काम भएको बताए ।

बिश्व बिद्यालयले आफूले सन्चालन गर्नुपर्ने यो कार्यक्रम कुनै एक ब्यक्तिले केहि सहयोगीको प्रयासमा गर्नु भनेको एकदम नै सह्रानिय काम हो ।” भुषालले भने, “वास्तबमा बिश्वबिद्यालय भनेकै यहि त हो ! सबैको यस्तै प्रयास हुने हो भने विश्वविद्यालय राम्रो हुन समय लाग्दैन ।”

प्रा.डा.दंगालका अनुसार सुरुका दिनहरुमा करसंग सम्बन्धित रहेर विभिन्न क्याम्पसका प्राध्यापक, अर्थविद् र कर विभागका प्रमुखकाे सहभािगतामा सन्चालन भएका थिए । त्यसपिछ पुर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्री, योजना आयोगका पुर्व उपाध्यक्ष डा. दिनेश चन्द्र देवकोटा, हेटौडा औद्योगिक क्षेत्रका प्रमुख राजेन्द्र कंडेल, पुर्व मन्त्री एवं ड्रागन फ्रुटका उत्पादक लोकेन्द्र विष्ट मगर, पुर्व उर्जा मन्त्री जनार्दन शर्मा, अर्थविद्हरु डा.डिल्लीराज खनाल र डा.चन्द्रमणी अधिकारीले सातै प्रदेशका अर्थशास्त्रीहरु, स्थानिय सरकारका प्रतिनिधीहरु, नेपाल सरकारका राजस्व सचिव रामशरण पुडासैनी, पुर्व अर्थ सचिवहरु रामेश्वर खनाल, कृष्णहरी वास्कोटा, डा.शान्तराज सुवेदी, पुर्व अर्थमन्त्रीहरु डा.प्रकाशचन्द्र लोहनी र सुरेन्द्र पाण्डे, विज्ञ हरि राेकाले पनि कार्यक्रममा सहभागीता जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा.शिवलाल भुषाल, शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटा, त्रिविका डीनहरु, प्राध्यापकसंघका सभापतिहरु समेतले कार्यक्रममा आफ्नो भनाई राखेको दंगालको भनाई छ ।

वि.सं.२०७७ भदौ १९ शुक्रवार १३:४३ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...