back
CTIZAN AD

जापानबासी बाग्लुङेद्वारा सहयोगको अपिल

वि.सं.२०७७ भदौ १९ शुक्रवार

1K 

shares

१९ भदौ, काठमाठौँ । बाग्लुङ् ढोरपाटन यतिबेला बाढी पहिरोले विक्षिप्त बनेको छ। यस्तो अवस्थामा मनभरी आफ्नो गाउँथलो सजाएका विदेशमा कार्यरत नेपालीहरु कसरी चुप बस्न सक्थे र ! तन सातसमुद्र पारी भएपनि मन भने सँधै आफ्नै गाउँठाउँका लागि चिन्तित हुनु स्वभाविक हो ।

जापानमा रहेका युवाहरु ढोरपाटनमा आएको बाढीपहिरोले पारेको दुःखमा मलहम लगाउने प्रयास स्वरुप आर्थिक सहयोग जुटाउन लागि परेका छन् । बाग्लुङ समाज जापानगल्कोट समाज जापान आर्थिक सहयोग अभियानमा जुट्दै सहयोगका लागि जापानमा कार्यरत बाग्लुङेहरुलाई अनुरोध गरेका छन् ।

सहयोग अभियानका लागि आग्रह गर्दै बाग्लुङ समाजले भनेको छ ‘बाग्लुङ ढोरपाटनमा बाढी पहिरोबाट ठूलो जनधनको क्षति दर्जनौको निधन, तिन दर्जन भन्दा बढी बेपत्ता भएको दुखद ख़बरले हामी स्तब्ध भएका छौ र साथै यस्तो दुखद घढीमा मानवताको हिसाबले पनि उद्दार र राहत अभियानमा जुट्नु पर्ने हाम्रो कर्तब्य भएको हामी बाग्लुङ समाज जापान पनि सहयोग अभियानमा जुटेका छौ सम्पुर्ण महानुभावमा सहयोगको अपेक्षा गर्दछौ।’

https://www.facebook.com/galkotsamajjapan/posts/2991993557694708

‘हामी परदेशमा छौ यो दुखमा गाउँ पुग्न सक्दैनौ हामीले आत्म शान्तिको लागि भएपनि गर्ने भनेको आर्थिक सहयोग हो र त्यो सबैभन्दा महत्वपूर्ण छ यतिवेला’,  विपत्तिमा सबैले हातेमालो गर्न आह्वान गर्दै अनेसासका केन्द्रीय सदस्य दीप पाठक भन्छन् ‘बाग्लुङेहरूको ठुलो संख्या छ जापानमा, यतिवेला मौन नबसौ आउँनुस सहयोग गरौ। अन्य जिल्लाबासीहरूले पनि यो विपदमा सहयोग गर्ने अपेक्षा गरेको छु ।’

सहयोग गर्न चाहनेहरुले गल्कोट समाज जापानको उल्लेखित खातामा रकम जम्मा गर्न सक्ने बताइएको छ ।
-JP Accout- 10940—11858861
バグルン ソサイティ ジャパン
Baglung Samaj Japan
-JP Accout -10060-68698211
Galkot Samaj Japan

बाग्लुङको ढोरपाटन नगरपालिकास्थित लाकुरीबोटमा बुधबार गएको बाढीपहिरोमा धेरै ज्यानधनको क्षति भएको छ। करिब ३ दर्जन घर बाढी पहिरोले नष्ट गरेको छ भने १०० भन्दा धेरै घरमा क्षति पुगेको छ। १४ जनाको शब भेटीएको छ भने अझै ३ दर्जन बढी बेपत्ता छन्।

 

 

वि.सं.२०७७ भदौ १९ शुक्रवार १४:१३ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...